मोरङको सरस्वती माबि पाटीमा लिम्बु भाषा कक्षा १२ को परीक्षा सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोरङको सरस्वती माबि पाटीमा लिम्बु भाषा कक्षा १२ को परीक्षा सम्पन्न

जेठ २५, मोरङ । मोरङ केराबारी गाउँपालिका वडा नं. १ पाटीमा अवस्थित सरस्वती माध्यमिक बिधालयमा शुक्रबार लिम्बु भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

सरस्वती माबि परीक्षा केन्द्रमा ७ जना छात्र र १४ जना छात्रा गरी २१ जना बिद्यार्थीले परीक्षा लेखेका थिए ।

परीक्षालाई मर्यादित रुपमा सम्पन्न गर्न परीक्षा निरक्षकको रुपमा लिम्बू भाषाका विज्ञ कबिन तुम्बापो र लक्ष्मी लिम्बू रहेका थिए भने केन्द्राध्यक्ष सोहि विद्यालयका लिम्बू भाषा विभागका प्रमुख तथा शिक्षक सुक्र आङदेम्बे रहेका थिए ।

यसैक्रममा परीक्षा सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिदै विदाई समेत गरिएको थियो ।

सम्बन्धित खवर