असार २६, भोजपुर । भोजपुरमा मध्यपहाडी लोकमार्ग भासिएको छ ।
लगातारको वर्षाका कारण लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका ३, मेस्पाङामा सडक भासिएको हो ।
चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताईन् ।
उपाध्यक्ष राईका अनुसार कालोपत्र गरिएको सडक बुधबार बिहान भासिएपछि यातायात आवगमन बन्द भएको छ ।