याक्थुङ मुन्चइतको तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि तालिम’ सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ मुन्चइतको तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि तालिम’ सम्पन्न

भदौ १३, काठमाडौं । याक्थुङ मुन्चइत चोक सयङ संघीय कार्यासमितिको आयोजनामा तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि तालिम’ सम्पन्न भएको छ ।

बुधबार काठमाडौस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा एक कार्यक्रमकाविच तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि तालिम’ समापन गरिएको हो ।

तालिममा वरिष्ठ भाषा तथा मुन्धुमविद येहाङ लावती, सर्वोच्च अदालतमा कार्यरत उपसचिव कालीबहादुर साम्यु लिम्बू, भुमी आयोगमा कार्यरत शाखा अधिकृत सुमन लिङ्देन, अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत शाखा अधिकृत मनकुमार थलङ, भाषा तथा मुन्धुम अध्येता यासेली योङ्हाङ, चलचित्र निर्देशक सुर्यप्रकाश चेम्जोङ र वरिष्ठ मनोविद डाक्टर चेतना लक्समले श्रोतब्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।

कार्यक्रम याक्थुङ मुन्चइत चोक सयङ संघीय अध्यक्ष सागर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर