हाङको निर्देशन, मनु र सुमनको आवाजमा शान्ता र सुवर्णको पालाम ‘साम्मिक्ला मिम्जि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, जेठ ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशन, मनु र सुमनको आवाजमा शान्ता र सुवर्णको पालाम ‘साम्मिक्ला मिम्जि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २८, माङसेबुङ । लोकप्रिय गायिका मनु नेम्बाङ र सुमन लिम्बूको आवाजमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘साम्मिक्ला मिम्जि’ सार्वजनिक गरिएको छ ।

शान्ता केरुङ र सुवर्ण नेम्बाङ ‘यम्बे’को शव्द संकलन तथा स्वः प्रकाश नेम्बाङको लय संकलन रहेको पालाम ‘साम्मिक्ला मिम्जि’ को म्युजिक भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो समय निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशन तथा ऋतु राज तेयुङको सहायक निर्देशन रहेको पालाम भिडियोमा जिवन केदेम, मनु नेम्बाङ, शान्ता केरुङ, यासेली योङ्हाङ, मनु थक्लुङ, अगमसिंह यक्पाङ्देन, नितुरानि नेम्बाङ, गृष्म आङ्बुहाङ र रत्ना लिङ्देनको अभिनय रहेको छ ।

श्याम लिम्बुको संगीत संयोजनमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको गितको भिडियोमा इसाक जबेगुको छायांकन तथा सम्पादन, रबिना आन्छङ्बो लिम्बुको श्रृङगार रहेको भिडियोको परिकल्पना यासेली योङ्हाङले गरेका हुन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर