निर्वाचन आयोगद्वारा मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगद्वारा मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत

असोज २, माङसेबुङ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको जनाएको छ ।
विज्ञप्तिमा जनाए अनुसार असोज २० मा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र  मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका रहेको जनाएको छ ।
आयोगले त्यसपछि मंसिर १६  गते निर्वाचन हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित खवर