माङसेबुङ । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्ध दोस्रो खेलमा पनि पराजित भएको छ ।
लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल सोमबार बिहान भएको खेलमा घरेलु टोलीसँग पाँच विकेटले पराजित भएको हो । हारसँगै नेपालको यो लगातार छैटौं हार हो ।
नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनायो ।
क्यानडाका ओपनर नभनित धालिवालाले सर्वाधिक ८७ रन बनाउँदा पर्गट सिंहले ६४ रन, हर्ष ठाकेरले १३ रन र कप्तान निकोलस कृर्तनले ११ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट तथा करण केसी, ललितनारायण राजवंशी र गुलसनकुमार झाले समान एक विकेट हात लिए ।
यसअघि किङ्स सिटीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सबै विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाउँदा गुलसनकुमार झाले ३४ रन, सोमपाल कामीले २१ रन र करण केसीले २४ रन, ओपनर अर्जुन साउद र आरिफ शेखले समान १० रन बनाए । यस्तै आशिफ शेख, भीम सार्की, कप्तान रोहितकुमार पौडेल र अनिलकुमार साहले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए ।