काठमाडौं उपत्यकामा मुवेक्वा सेवा तथा साक्मुरा वादेम्मा सेवा सम्पन्न - Mangsebung News
  • आइतबार, कार्तिक २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काठमाडौं उपत्यकामा मुवेक्वा सेवा तथा साक्मुरा वादेम्मा सेवा सम्पन्न

कातिक ९, काठमाडौं । विश्व शान्ति तथा मानव एकता र चराचर शृष्टिजगतको रक्षार्थ किरात साम्जिक मुन्धुम अनुसार बर्सेनी आयोजना हुँदै आएको उपत्यका ब्यापी मुवेक्वा सेवा(उधौली सेवा), बृहद साक्मुरा वादेम्मा (गालिश्राप बहन्ती) यसपटक पनि बृहद रुपमा सम्पन्न भएको छ ।

गत कार्तिक ६ गते मंगलबारको दिन पशुपतिको गुह्येश्वरी किनारमा बिहान ७ बजेदेखि सुरु भएको उधौली सेवामा साक्मुरा वादेम्मा, कुदाप कुई (देबिदेउराली, सिमेभुमे, बनदेउता), युमामाङ, हिममाङ, थेबामाङ, सुम्निसा, नौग्रह, अष्टयोगीनी, निस्सेसेक्खामाङ, हाङ्साम थेबा लगायतको आराधना गरिएको थियो ।

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो उपत्यका समिती र किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिको संयुक्त आयोजनमा सम्पन्न सेवामा करिब ३ सय बढी श्रद्वालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।

सेवामा साङ्दाङगेन वारुम्साबा याम कुमार नेयोङहाङ, साङ्दाङगेन वारुम्साबा रन बः योङ्हाङ, साङ्दाङगेन वारुम्साबा चन्द्रहरी चेम्जोङ, साङ्दाङगेन वारुम्सामा शान्ती आङ्बुहाङ, माङ्सेवासाबा मान बः तबेबुङ, मदन खालिङ, देउमान थोप्रा, राजा माबोहाङ, गणेश पयाङगु, बिक्रम थुलुङ, सुर्य मादेन, रचना थेबे, दीप बः थुलुङ लगायतका माङ्सेवासाबाहरुले मुन्धुम बाचन गर्नुभएको थियो ।

बृहद उधौली सेवामा सहयोग पुर्याउने सहयोगी, सौजन्यदाता, माङ्सेवासाबा, स्वयंसेवक लगायतलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

 

तस्बिर – निर्मल सुब्बा

सम्बन्धित खवर