- नन्दकुमार नेम्बाङ
विषय प्रवेश
किरात धर्मगुरु लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यु विश्वमा चर्चित धर्म गुरुहरु मध्ये एक हुन । इलाम जिल्लाको इभाङ २ स्थित आगोटेबारि (हाल माङसेबुङ २) मा वि सं २०११ साल मंसिर १८ गते जन्मनु भएका उहाँलाई सानो छँदा बालागुरु नामले चिनिनुहुन्थ्यो। बाल्यकाल देखि नै अध्यात्मिक अभ्यास गर्ने र महागुरु फाल्गुनन्द लिङ्देन कालिन घटना र वस्तुको सोधीखोजी गर्नुभएको हुनाले उहाँलाई सानो छँदा बालागुरु नामले पुकारिन्थ्यो ।
बाल्यकाल देखि कठोर अध्यात्मिक साधनामा लाग्नुभएका बालागुरुले वि सं २०२७ सालमा निर्णायक साधना गर्ने संकल्प गर्नुभयो । करिबकरिब ६ महिना लामो कठोर तपस्या पछि उहाँको जिजु बाजे महागुरु फाल्गुनन्द लिङ्देनको अधुरो कामलाई पुर्णता दिनुपर्ने देवआज्ञा भएपछि उहाँलाइ किरात धर्मगुरु घोषणा गरिएको हो । यही समयदेखि उहाँले किरात धर्मगुरु को पद्वी सम्हाल्दै जिम्मेवारी लिनुभएको हो ।
त्यसपछि उहाँले महागुरु फाल्गुनन्दकालीन तपोभुमि र महागुरु सँग सम्बन्धित वस्तु÷ग्रन्थको खोज अध्ययन सँगसँगै धर्मको प्रचारप्रसारमा लाग्नुभयो । यसक्रममा विभिन्न थुम थुममा रहेका किरात समुदायको वस्तीहरु घुम्नु भयो । धार्मिक तथा साँस्कृतिक जागरण अभियान सञ्चालन गर्नुभयो ।
यही बिचमा वि सं २०२९ सालमा माङइङघङ (भविष्यवाणी) गर्नुभएको छ । मुलुक र प्राणी जगतका बिषयमा छिटफुट रुपमा धेरै पटक भविष्यवाणी गर्नुभएको भए पनि विशेष चर्चा वि सं २०४९ माघ ३ गते गर्नुभएको भविष्यवाणीको छ । उहाँले आफ्नो कार्यकर्ता/भक्तजनहरुलाई सामान्य भेटघाटका क्रममा र कार्यक्रममा बोलाएर थुप्रै उपदेश र भविष्यवाणी गर्नुभएको छ । यश बारेमा छोटो चर्चा गरौँ ।
माङसिवाखाहुन अर्थात उपदेश सन्दर्भ
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले आफ्नो भक्तजनहरुलाइ मसिनो ढंगले सम्झाउने प्रयास गर्दै आउनुभएको छ । उहाँले आफ्नो भक्तहरुको बुझ्नसक्ने क्षमता र जीवनशैलीको परिवर्तन तथा विकासका लागि ठूलाठूला कुराहरू भन्दा पनि मसिना बिषयहरुमा सचेतना दिनुभएको छ।
सरसफाइ
हामीलाई सामान्य लाग्छ सरसफाइ भन्ने बिषय तर धर्मगुरु ज्युले यो बिषयलाइ बिशेष महत्त्व दिनुहुन्छ । मलाई थाहा भएदेखि (करिब वि सं २०४९ सालयता निरन्तर आशीर्वचन श्रवण गरिरहेको छु) अहिलेसम्म पनि मानव जीवनमा सरसफाइको भुमिका र महत्त्व बारेमा शिक्षा दिइरहनु भएको छ। दैनिक जीवन शैली सँग जोडिएका यी कुराहरू हामीलाई सामान्य लागेता पनि स्वास्थ्य, सभ्यता र वातावरण सँग जोडिएको हुनाले आफ्नो भक्त र समाजलाई सरसफाइ सम्बन्धि विशेष शिक्षा दिइरहनुभएको छ ।
खानपिन
सरसफाइ जत्तिकै महत्त्वपूर्ण बिषय हुन खानपिन । दैनिक जीवयापन सँग जोडिएको यो बिषय अति संवेदनशील पनि छ । मानिसले बाँच्नका लागि त खानपिन आवश्यक छ नै तर बाँच्नका लागि मात्रै खानपान गरिँदैन। मनोरञ्जन र संगतको पछि लागेर अनेकौं वस्तुको सेवन गरिन्छ । यसले मानव जीवन संकटमा पर्ने गर्छ ।
हामीलाई सामान्य लाग्ने खानपिनको बिषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील मानिन्छन् । त्यसैले धर्मगुरु ज्युले खानपिनलाई महत्त्वका साथ चर्चा गर्नुहुन्छ । खानपिनले गर्दा मानिसको जीवन स्वास्थ्यकर हुनसक्छ र संकटमा पनि पर्नसक्छ ।
धुम्रपान, मध्यपान, दुर्व्यसन, लागुओैषध जस्ता चिजहरु खानपिन अन्तर्गत नै पर्छन् । यसको सेवन तथा उपभोगले मानव जीवनलाई संकटमा पु¥याउँछ । त्यसैले शुद्ध र शाकाहारि खानपिन गर्नका धर्मगुरु ज्युले विशेष शिक्षा दिँदै आउनुभएको छ ।
शिक्षा
मानव जीवनलाई सभ्य, स्वस्थ र सचेत बनाउनका लागि शिक्षा अनिवार्य चाहिन्छ । शिक्षालाई हरेक परिवारमा समान रुपमा लागू गर्न महागुरु फाल्गुनन्द लिङ्देनले उठाउनुभएको बिषयलाई जोडेर धर्मगुरु ज्युले उपदेश दिइरहनु भएको छ । शिक्षा आर्जन गर्दा आफ्नो मातृ शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गर्दै आउनुभएको छ ।
सेवाभक्ति
मानवीय जीवनलाई शान्ति, समृद्ध र मर्यादित बनाउनका लागि अध्यात्मिक चेतनाको आवश्यकता पर्दछ । माङ (इश्वर), प्रकृति र प्राणी सँग नजिक हुन माङको सेवाभक्ति गर्न आवश्यकता पर्छ। जसको लागि आस्था र बिश्वास राख्नुपर्छ । त्यससँगै त्याग र तपस्या गर्नुपर्दछ । यी चिजको अभ्यास बाट मात्रै ज्ञान प्राप्त हुन्छ। अनिमात्र माङ अर्थात इश्वर चिनिन्छ÷प्राप्ति हुन्छ ।
जब मानिसले ज्ञान हासिल गर्छ तब दया, माया, करुणाको बिजारोपण हुन्छ । प्रकृति, जीव र मानवीय संवेदनशीलता बुझ्ने हुन्छ । आचरण, अनुशासन र मर्यादाको महत्त्व बुझ्छन् र आत्मसात गर्छन् । यी कुराहरूलाई अवलम्बन÷अनुसरण गर्ने ब्यक्ति मात्रै माङको नजिक हुनसक्छन् । त्यसैले माङको भक्ति गर्न/गराउनका लागि किरात धर्मगुरु ज्युले सदाबहार उत्प्रेरित गरिरहनु भएको छ ।
भविष्यवाणी /माङइङघङ
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले विभिन्न समयमा विभिन्न तरिकाले भविष्यवाणी गर्नुभएको छ । कहिले अध्यात्मिक साधनाको क्रममा, कहिले भव्य समारोह आयोजना गरेरै भविष्यवाणी गर्नुभएको छ भने कहिले कार्यकर्ता र भक्तजनसँग भेटदर्शन भएको बेला अचानक भविष्यवाणी गर्दै आउनुभएको छ । उहाँले विभिन्न समयमा गर्नुभएको माङइङघङ (भविष्यवाणी) बारेमा छोटो चर्चा गरौँ ।
क) वि सं २०२७ साल
पुर्वमा नजानु रगतको खोला बगेको देख्दैछु, जहाँ नयाँ देशको निर्माण हुन खोज्दैछ ।
किरात धर्मगुरु ज्युले आफ्नो भक्तहरु भेटदर्शनमा आउँदा भन्नुभएको भविष्यवाणी हो यो । सन् १९६९/७० तिर भन्नुभएको यो भविष्यवाणी पछि सन् १९७१–७२ मा पाकिस्तानमा हिंसात्मक युद्ध भयो । भारत र पाकिस्तान बिच द्वन्द्व तथा भारतीय हस्तक्षेप सँगै एउटा छुट्टै मुलुक बंगलादेश को निर्माण भएको थियो ।
ख) वि सं २०३६
यसपटक पञ्चायतले बिजय गरेपनि पञ्चायतको आयु १० बर्षमात्र हुनेछ ।
बहुदलिय व्यवस्था या पञ्चायत व्यवस्था भन्ने जनमत लिनका लागि तत्कालीन राजा बिरेन्द्र शाह द्वारा घोषणा गरिएको जनमतसंग्रह २०३६ ताका पञ्चायतको पक्षमा जनमत आएपछि किरात धर्मगुरु ज्युले निजी गुरुआश्रम लारुम्बामा गर्नुभएको भविष्यवाणी हो । उहाँले भविष्यवाणी गर्नुभएको १० बर्षपछि मुलुकमा पञ्चायतको विरुद्ध विशाल जनआन्दोलन भयो ।
वि सं २०४६ साल फागुन ७ गते देखि चैत २६ गतेसम्म ५० दिन चलेको निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध आन्दोलनले निरंकुश राजसंस्थालाई संबैधानिक राजसंस्थाको रुपमा रहनेगरि अंकुश लगाउने व्यवस्था स्थापना भएको थियो ।
ग) वि सं २०२९ कात्तिक २१ सनिवार
इलिक सेवा केजोक्पा, नोयाम्बक नो खाजोङ केजोक्पा नु ताफेम्बा याम्बक केजोक्पा, लायो–लासो केजोक्पा केरेक इङगा सेन्दुङसिङ पातुआङ वारो। (अर्थः धेरै सेवाभक्ति गर्ने, राम्रो काम गर्ने र नराम्रो कर्म गर्ने पाप कर्म गर्नेहरु म छुट्याउँछु है ।)
इलामको माङसेबुङ गाउँ पालिका वडा नं ३,२ र ६ को संगम स्थल (साविक बाँझो, इभाङ गाविसको संगम भुमि थालाचेप्पा) माङमालुङमा किरात धर्मगुरु तपस्यारत अवस्थामा हुँदा सृष्टिका जननी एवम् कुलदेवी युमामाङ उहाँको आत्मामा प्रकट भएर मैले यो सन्देश दिएको हो भनेर धर्मगुरु ज्युले आफ्नो भविष्यवाणीमा उल्लेख गर्नुभएको छ ।
धर्मगुरुका अनुसार कलियुगको अन्त्यतिर धर्म र अधर्म बिचमा ठूलो द्वन्द हुनेछ । समाजमा झैझगडा, कलह बढ्नेछ । नेपाल लगायत संसारमा अनेकौं प्रकारका हिंसात्मक गतिविधि बढ्नेछ । मानवीय संवेदनशीलता हराउने र रक्तपात बढ्नेछ । सृष्टिको नियमविपरीत हुने यस्ता अमानवीय क्रियाकलापले माङ रिसाएर ठूलाठूला विनाशकारी दैवीप्रकोपहरु आउनेछ । यश समय मानिसको लागि संगीन परिक्षाको घडी हुनेछ । जसले माङको भक्ति गर्छ, समाजलाई राम्रो काम र सन्देश दिन्छन् उसलाई मात्रै युमामाङले संरक्षण गर्नेछन् ! भन्नुभएको छ ।
धर्मगुरु ज्युको यो भविष्यवाणी माथि अध्ययन/समिक्षा गर्दा वर्तमान यही अवस्थामा फसेको छ । बिश्वमा अनेकौं विवाद छ । मानवीय संवेदनशीलता हराएको छ । हत्या, हिंसा, बलात्कार आदि संवेनहीन गतिविधि बढ्दो छ। यससँगै दैवीप्रकोप पनि भइरहेको छ । हामीले यही जटिल अवस्थामा माङको भक्ति र सकारात्मक काम कर्तव्य गर्यौं भने मात्रै सत्यको मार्गमा हुनेछौं । यसविपरीत अमानवीय गतिविधिमा संलग्न भएको खण्डमा माङले छुट्याएर कलीको भागमा जानेछौं ।
घ) वि सं २०४९ माघ ३/४
१) बिश्वको आयु तथा महाप्रलय, २) भारत पाकिस्तान युद्ध, ३) अमेरिकी शक्ति क्षय हुने, ४) युरोपेली शक्ति टुक्रिने, ५) विनाशकारी तेस्रो विश्वयुद्ध, ६) भुपु सैनिक विदेश जाने, ६) अग्नि शक्ति बढ्ने, ७) २÷२ माइलमा मात्रै मान्छे, ८) पृथ्वीको दक्षिणी भागमा अँध्यारो, ९) शक्तिशाली चट्याङ, १०) सत्य तोलामा १ लाल मात्र, ११) महाआँधीबेहरी, १२) पृथ्वी बिमार घर एकतले मात्र, १३) शक्तिशाली धर्मको अन्त्य नयाँ दर्शनको राज, १४) महाप्रलयकारि भुकम्प, १५) भुकम्प आउने संकेत, १६) सूर्यको तापक्रम तेज ६ महिना घाम ६ महिना पानी, १७) सूर्यको चाप चीन र अमेरिकामा बढी, १७) हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने, १८) भयंकर अनिकाल अन्नको सह घट्दै जाने, १९) शक्तिशाली राजाहरू समाप्त, २०) आत्मायानहरु, २१) चीनमा जातीय युद्ध, २२) चीनमा ५० लाखमात्र बिश्वमा जनसंख्या समाप्त भइ सवाकरोड मात्र बाँच्ने, २३) बिश्वका राष्ट्रले ३० बर्षमा सोध्ने, २४) ज्ञानीहरुको ज्ञान र धनीहरुको धन हराउने,२५) वर्तमान दर्शनको अन्त्य एउटै दर्शनको शुरु, २६) अब ३६ बर्षमा टोकाटोक मारामार मान्छेले मान्छे खाने, कर्तव्य र २७) जीवन पुरा हुने, आदि बिषयमा दुई दिन सम्म भविष्यवाणी गर्नुभएको थियो ।
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङको आज्ञा अनुसार किरात चोःलुङ गुरु माङगेन्ना सेवा समितिको आह्वानमा वि सं २०४९ माघ ३ र ४ गते ओैपचरिक रुपमा भविष्यवाणी समारोहको आयोजना गरिएको थियो। यश समारोहमा स्वदेश तथा विदेशका हजारौं भक्तजन तथा शुभेच्छुकहरु सहभागी भएको थियो ।
ङ) २०५७ मंसिर १९ गते
मैले राजाको आयु बढोस् भनेर निम्तो दिएको थिएँ, बुझेनन्÷आएनन् । अब राजदरबारमा संसारमा अहिलेसम्म नघटेको घटना हुनेछ ।
वि सं २०५७ साल कात्तिक २४ देखि २६ गतेसम्म किरात धर्मको प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन काठमाडौंमा आयोजना गरिएको थियो । यश महा सम्मेलनमा तत्कालीन राजा बिरेन्द्रलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । विभिन्न कारण देखाएर राजा अनुपस्थित भएपछि धर्मगुरु ज्युले इलामको माङसेबुङमा आयोजना गरिएको उहाँकै ४७ ओै जन्मोत्सवमा सो भविष्यवाणी गर्नुभएको हो ।
धर्मगुरु ज्युले भविष्यवाणी गर्नुभएको ६ महिनापछि अर्थात २०५८ साल जेठ १९ गतेका दिन राजदरबारमा नृशंस हत्याकाण्ड भयो। जसका कारण राजा विरेन्द्र सहित वंशनाश भएको थियो । यसअघि तत्कालीन युवराज दिपेन्द्र शाह र पारस शाहको बारेमा पनि भविष्यवाणी गर्नुभएको थियो। युवराज दिपेन्द्र शाहले राजगद्दी आरोहण गर्न नपाउने र पारस शाह योगी झैं हुने बताउनुभएको थियो ।
धर्मगुरुको भविष्यवाणी बारेमा मेरो अनुभुती
किरात धर्मगुरु ज्युले बिश्व, छिमेकी मुलुक, राज्य, विनाशकारी घटना, परिघटनाको बारेमा धेरै भविष्यवाणी गर्नुभएको छ । उहाँले गर्नुभएको भविष्यवाँणीहरु करिबकरिब धेरैजसो पुगिसकेको छ र केही पुरा हुन बाँकी छ । हुन त आफैंले भविष्यवाणी गरेको कुराहरु टरोस् भनेर आफैं सेवाभक्ति तथा अनुष्ठानहरु गर्नुहुन्छ ।
वि सं २०४९ माघ ३–४ मा उहाँले भविष्यवाणी गर्नुभएको मध्ये स्मरणीय बिषय, (क) एकपटक संसारले मलाई सोध्नेछ र त्यो समस्या मेरो मुखबाट मात्रै समाधान हुनेछ÷मिल्नेछ ।
(ख) माङसेबुङमा संयुक्त राष्ट्रसंघका महासचिव लगायत बिश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरु आउनेछन् । यी दुईवटा मुख्य भविष्यवाणी पुग्न बाँकी छन् । अन्य धेरै कुराहरू हामीले स्वयं भोगिसकेका छौँ ।
समाज रुपान्तरण, राजनीतिक परिवर्तन, रक्तपातपुर्ण क्रान्ति, दैवीप्रकोप लगायतका थुप्रै भविष्यवाँणीहरु म स्वयंले भोगेको र अनुभुती गरेको छु। यी सबै कुराहरू यो छोटो लेखमा समेट्न सकिने अवस्था छैन । यथासक्दो संक्षेपमा समेट्ने प्रयास गरेको छु ।
अन्त्यमा
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्यु सत्य, शान्ति र अहिंसाका संबाहक हुनुहुन्छ । मानवमा शान्ति र एकता उहाँको दृढ संकल्प हो । उहाँका अनगिन्ती सपनाहरू पुरा हुन बाँकी नै छन् । यससँगै उहाँको जीवन पनि उत्तरार्धमा अगाडि बढिरहेको छ ।
कठोर त्याग, तपस्या र साधनाबाट सिद्ध गर्नुभएको ज्ञान र शक्ति हामीले ग्रहण गर्न सकेका छैनौं । सानोतिनो मतभेद र तिक्ततालाई त्यागेर उहाँले देखाउनु भएको मार्गमा हिँड्न सक्यौं भने हाम्रो मुक्ति अवश्यम्भावी छ । संस्कारमा देखिएका बेथिति, बिचलन र अराजकतालाई हामीले त्याग्न सक्नुपर्छ । सुधार गर्न सक्नुपर्छ ।
धर्मगुरु ज्युले हामीलाई सन्देश दिइसक्नु भएको छ। तिमीहरू एकढिक्का भयौ भने देवविद्या मात्रै होइन संसार थाम्ने÷चलाउने राजविध्या पनि दिनेछु। तर एक भएनौ भने यो शक्ति त्यत्तिकै फिर्ता जानेछ । तसर्थ ः हामी एक हुने बाटोमा जुटौं, सानोतिनो मनमुटावहरुलाइ तिलाञ्जली दिएर माङशक्ति आर्जनमा जुटौं। उहाँको उपदेश –माङसिवाखाहुन र भविष्यवाँणी–माङइङघङले यही सन्देश दिएको छ ।
सन्दर्भ सामाग्रीहरुः
१) बिश्व, ब्रह्माण्ड र महतप्रलय बारे भविष्यवाणी। चौथो संस्करण ःकिरात प्रज्ञाप्रतिष्ठान २०८०
२) मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन । दोस्रो संस्करण २०७१, किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समिति, माङसृबुङ।
३) किरात समाचार मासिक, वर्ष २२ अंक २ मंसिर २०७३ ।
४) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्यु सँग सम्बन्धित विशेशाङ्कहरु ।
५) पंक्तिकारको निजी डाइरी ।