मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभजन्मोत्सव महासमारोह समुद्घाटन सम्पन्न - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभजन्मोत्सव महासमारोह समुद्घाटन सम्पन्न

माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह समुद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा मंगलबार विविध कार्यक्रमसहित समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो ।

महासमारोहको प्रमुख अतिथि रक्षामन्त्री माननीय मानवीर राईको प्रमु्ख आतिथ्य र प्रतिनिधि सभा सदस्य माननीय सुहाङ नेम्बाङको विशेष आतिथ्यमा सम्पन्न महासमारोहमा आत्मानन्द साहित्य पुरस्कारबाट लेखकद्धय लछामी सेर्मा र बुद्धहाङ नेम्बाङलाई सम्मानित गरिएको छ ।

नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पनि प्रमुख अतिथिको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

शुभजन्मोत्सव कार्यक्रम अन्तर्गत मंगलबार आज नुमाङगेन्ना महासमारोह समुद्घाटन, शुभकामना मन्तव्य, आत्मानन्द साहित्य पुरस्कार वितरण, आत्मानन्द गोल्डकपका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण, धन्यवाद आशीर्वचन साथै विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा सम्पन्न गरिएको छ । नुमाङगेन्ना सेवामा ७१ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन गरिएको थियो ।

विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै आयोजना गरिएको सावायेहाङ माङगेन्ना कार्यक्रम आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेको सबैले नुमाङगेन्ना सेवा गरेका छन् । भने सोही अवसरमा प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपानको समेत व्यवस्था गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने गरिने कार्यक्रम रहेको छ ।

महासमारोह अन्तर्गत १६ गते साक्मुरा वादेम्मा सेवा र १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

सम्बन्धित खवर