लुङा पत्रिकाको रजत वर्ष विशेषाङ्क विमोचन, थाकुहाङ मेरिङ र लोकमान सुव्वा पुरस्कृत - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लुङा पत्रिकाको रजत वर्ष विशेषाङ्क विमोचन, थाकुहाङ मेरिङ र लोकमान सुव्वा पुरस्कृत

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गरेको छ ।

झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाहलमा शुक्रबार पाँचथर नेन्दीबुङबाट आजभन्दा २५ बर्ष अगाडि देखि निरन्तर प्रकाशन हुँदै आएको लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको अवसरमा कार्यक्रमकाविच रजत बर्ष मनाउँदै विशेषाङ्क विमोचन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले रजतबर्ष विशेषाङ्कको विमोचन गर्दै लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको घोषणा गरिएको थियो ।

पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक १ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशन गरेको पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोले बताए ।

पत्रकारद्वय मेरिङ र सुब्बा पुरस्कृत

कार्यक्रममा याक्थुङ से नाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट इतुङसाङ पत्रिकाका सम्पादक थाकुहाङ मेरिङ पाँचौं र धड्कन पत्रिकाका (भारत, आसाम)का लोकमान सुब्बा आङ्देम्बेलाई छैटौं पुरस्कार वितरण गरिएको छ ।

पुरस्कृत पत्रकारद्वयलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी लुङा पत्रिकामा लामो समय देखि लेख रचना दिएर सहयोग पु¥याउनु हुने साहित्यकार हरि चोङबाङ, लछामी सेर्मा पापो, सेसेहाङ फियाक, लाल अञ्जान सम्बाहाम्फे, कृष्णा प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ र १८ बर्ष देखि कम्प्यूटर टाईपिङ र सेटिङ गरि सहयोग गर्ने दिलकुमार लावतीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत मेरिङ र लोकमान सुब्बाले आ–आफ्ना विचार लुङा पत्रिकाबारे बोलेका थिए ।

कार्यक्रममा कियाचू लिम्बुवान प्रदेश समिति सचिव जितेन पन्धाक साङसेन, धिरेन लावती, देवेन्द्र लावती लगायत प्रभुत्व व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन याक्थुङ साहित्य प्रतिष्ठानकी सचिव रचना लावतीले गरेकि दिईन भने कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका व्यवस्थापक इक्सा सम्बाहाम्फेले गरेकी थिइन त्यसैगरी कार्यक्रमको सभाध्यक्षता लुङा पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से नाल्बोले गरेका थिए ।

यसैगरी सोही दिन याक्थुङ वर्णविन्यासमा केम्फ्रेङ, मुक्फ्रेङ र सई प्रयोग बारे विमर्श र लिम्बु भाषामा आधुनिक साहित्य लेखन तथा समालोचना बारे विमर्श भएको थियो । कार्यक्रममा लिम्बु साहित्य लेखक तथा बुद्धिजिवीहरुको सहभागिता रहेको लिम्बु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोले बताउनु भयो ।

 

सम्बन्धित खवर