चासोक तङ्नाम उधौलि पर्व कार्यक्रम कुम्मायकमा सम्पन्न - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चासोक तङ्नाम उधौलि पर्व कार्यक्रम कुम्मायकमा सम्पन्न

  • पदम सुखी सम्बाहाङफे

पान्थर । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा चासोक तङ्नाम उधौलि पर्व कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

किरात येले तङ्बे ५०८४ को अवसरमा पृथ्वी माध्यमिक बिद्यालयको खेल मैदानमा भएको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य हुनुका साथै रोचक खेलहरु पनि खेलाइएको थियो । राई जातिको साकेला सिलि, लिम्बु जातिहरुको धान नाच केःलाङ नौमति बाजा र लिम्बु भाषाको गितमा प्रतियोगिता भएको थियो ।

किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँपालिका गाउकार्य समितिको आयोजनामा भएको सो कार्यक्रम गाउँपालिकाको आर्थिक सहयोगमा भएको थियो । उक्त कार्यक्रममा भएको खेलहरुमा पुरुष तर्फ छेलोमा(पक्लुङ) हान्नेमा बिक्रम आङ्देम्बे प्रथम र हिमाल आङ्देम्बे दोस्रो भए भने महिला तर्फ नामओति सम्बाहाम्फे प्रथम र सबिता तामाङ दोस्रो भएका थिए ।

यसैगरी भाले जुदाई तर्फ आशिष सम्बाहाम्फेले जिते भने, डोरि तान्नेमा पुरुष तर्फ गजेन्द्र फेवदेन र तिर्थराज लावतिको टिम प्रथम र दोस्रो बिक्रम लिम्बूको टिमले जित हासिल गरे महिला तर्फ पबित्रा सम्बाहाम्फेको टिम प्रथम र लिलादेवि लावतिको टिम दोस्रो भएका थिए ।

नृत्य तर्फ सिरिजङगा बोडिङ स्कुलका छात्रा प्रथम र किरात राई यायोख्खा खाल्डे स्कुलका छात्रा दोस्रो भएका थिए ।

गाउँपालिकाको उपाध्यक्ष महेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा पाँच वटै वडाका वडाअध्यक्षहरु, सम्पुर्ण संघ सस्थाका ब्याक्तित्व प्रतिनिधि बुद्धिजीवी सरोकारवाला पत्रकारहरुको भब्य र सभ्य उपस्थिति रहेको थियो ।

प्राचिनकाल देखिनै किरात जातिहरु पैयुङ फुलेको याममा अन्नबालि पाकेर भित्राउन अघि मातृसत्तात्मक अर्थात प्रकृति पुजक सभ्यतामा रमाउने गरेकोले नै बर्षेनि चासोक तङ्नाम मनाउने प्रथा रहेको किरात याक्थुङ चुम्लुङ्का केन्द्रिय पुर्व सदस्य गणेश चेम्जोङ्ले बताए ।

 

सम्बन्धित खवर