माङसेबुङको सल्लेनीमा ट्रकमा च्यापिएर चालकको मृत्यु - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको सल्लेनीमा ट्रकमा च्यापिएर चालकको मृत्यु


माङसेबुङ । इलामको माङसेबुङ–३, सल्लेनीमा गएराती ट्रकमा च्यापिएर चालकको मृत्युु भएको छ ।

फाल्गुनन्द मार्ग(दमक–रवि सडक) अन्तर्गत सल्लेनीमा ट्रक मर्मतको क्रममा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापाका ३८ वर्षीय कुमार तामाङको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रकको चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै गर्दा जग भासिएर च्यापिदां गएराती साढे १२ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए ।

मृतक तामङको सब पोस्टमार्टमका लागि झापाको दमक पठाईएको ढकालले जानकारी दिए ।

सम्बन्धित खवर