भनिन्छ संगीत मन बिसाउने चौतारी हो । संगीत त्यो अच्चुक औसधी हो जस्ले अनेकौं पिडाहरु भुल्न मद्दत गर्छ । सायद त्यसैले होला संगीतले जो कोहिलाई मन्त्रमुग्ध पार्न सक्छ । अनि त भन्ने गर्छन् संगीत विनाको जीवन कल्पना गर्न पनि सकिन्न । तिनै संगीतको तरंगले मन्त्रमुग्ध भएर गित संगीतको दुनियाँमा भविश्य खोजीरहेकी सम्भावनाले भरिएकी लोभलाग्दा प्रतिभा हुन् उम्दा गायिका तारा लिङदेन ।
हुने विरुवाको चिल्लो पात भने झैं सानै उमेरदेखि गाउँन र नाँच्न औधी रुचाउने तारा परिवारको माया, सपोर्ट र प्रेरणाले गर्दा संगीतमा पाइला चालेको बताउँछिन् । बाल्यकालमा रेडियो खुव सुनेको र रेडियो सँगै गुनगुनाउने गरेकी उनको कलाकारिताको खुड्किलो भने किरात साम्यो साक्थिमगेन पाङभे पान्जुम्जो थर्पु, गोपेटार पान्थरबाट सुरु भएको सुनाउँछिन् । पछि प्लस टु पढ्दा भने स्कुलको कार्यक्रमहरुमा गाँउदा गाउँदै गायिका बन्ने सोच बढ्न थालेकोले पान्थर फिदिम बजारमा रहेको न्यू बरदान संगीतालयमा संगीत गुरु बुद्ध लिम्बूबाट औपचारिक रुपमा संगीतको ज्ञान लिन थलेकी तारा दूई बर्षसम्म निरन्तर साधना गरेको बताउँछिन् ।
‘संगीत साधना हो’ तारा भन्छिन्,–‘संगीतले बाँच्न सिकाउँछ, हाँस्न सिकाउँछ, त्यसैले संगीत जीउने आधार पनि हो ।’ ‘ढुकढुकी’ वोलको गित आफ्नै संगीत गुरु बुद्ध लिम्बूको शव्द तथा संगीतमा पहिलो पटक काठमाडौं आएर डी स्टुडियोमा रेकर्ड गराएर गायिकाको रुपमा आफ्नो परिचय बटुलेकी ताराले त्यसपछि भने निरन्तर रुपमा गित गाउन थालेकी हुन् । नुमा, प्यारी, मलाई दिने माया, पिपल विना अर्थ हुन्न, मायामा तिमीले, कान्छी मायालु, लाई राखुङ माया, पनु केनोन तरेमे, प्रिये लगायत नेपाली र लिम्बू भाषामा गरि ढेड् दर्जन भन्दा बढी गित रेकर्ड गराई सकेकी छन् ।
पान्थरको हिल्लीहाङ गाउँपालिका ३, साविक पञ्चमी, गोपेटरमा दूई दशक अगाडी जेठ ८ मा जन्मेकी तारा हाल भने काठमाडौंलाई कर्मथलो बनएर संगीत र जीवन दुवैमा संघर्ष गरिरहेकी छिन् । पुर्वेली लोक भाका र सुगम संगीत दुवैमा गाउँन सक्ने क्षमता राख्ने ताराले म्युजिक भिडियोमा अभिनय गरेर मोड्लिङमा समेत पाईला चालेकी छन् । हुन त उनी प्रायजसो उनले गाएका गितहरुमा उनी आफै मोड्लिङ गरिरहेकी हुन्छिन् । गाउँन र अभिनय गर्न खुव मनपारउने तारा लजालु स्वभाव मधुर आवाज अनि जो कोहिसँग घुलमिल गर्न सक्ने प्रतिभाका धनी साँगितिक आकाशको ताराको रुपमा उदाउन सफल तारा लिङदेनलाई थप सफलताको कामना सहित गीत संगीतको सृजनशिल यात्रा खास अनि सार्थक बन्न सकुन लुङमेन्दीङ नोनिङ्वा ।
प्रस्तुति : आन्छुमे नसान