- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । तिङ्देन विद्युत सहकारी सस्थालाई आम उपभोक्ताले नेपाल विद्युत प्राधिकरणलाई जिम्मा लगाउने बिषयमा कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीलाई गम्भीर ध्यानाकर्षण गराउदै सर्वदलिय बैठक बुधबार बसेको तिङ्देन विद्युत सहकारी सस्था संघर्ष समितिले जनाएको छ ।
संस्थालाई अडिट गरि आर्थिक गतिविधि पारदर्शी रुपले सार्बजनिक सुनुवाइ गर्न नसक्नु, समयमै मिटर रिडिङ हुन नसक्नु, सेयर सदस्यहरुको बक्यौता रकम समयमै फिर्ता हुन नसक्नु, सेवाग्राहीलाई दैनिक विद्युत उपभोग गर्न नपाउनु, सस्थाको कम्जोरीपन औल्याइएको छ । वडा र प्राधिकरण तथा गाउँपालिकाले दिने अनुदान सस्थाले कार्यान्वयन गर्न नसक्नु समस्याको मुख्य जड भएको सेयर सदस्य अमरसिं थापाले बताए । ९०÷१० योजना अन्तर्गत सन्चालनमा रहेको तिङ्देन विद्युत सहकारी सस्था अस्तब्यस्त अवस्थामा रहेकोे सेवाग्राहीको चरम गुनासो छ ।
नागरिकको जीवनसँग जोडिएको विद्युत अतिआवस्यक भएकोले कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ र ४ मा संचालित तिङ्देन विद्युत सहकारी सस्थाको चरम लापरबाही गरेकोले संस्थालाई अब नेपाल विद्युत प्राधिकरणलाई जिम्मा लगाउनुको विकल्प नरहेको आम सरोकारवाला राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न बुद्धिजीवीले बताए ।
कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीको अध्यक्षतामा बसेको सो बैठकमा तिङ्देन विद्युत सहकारी सस्थालाई पुस २५ गते सम्ममा संस्था नवीकरण गरि माघ १९ गते साधारणसभा गर्ने पनि निर्णय गरेको छ । वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावती, वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम कार्की, समाजसेवी अमरसिं थाप,ा सस्थाका अध्यक्ष राजेस्वर सम्बाहाम्फे, राजु खतिवडा र दुर्गा बम्जन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।