तेह्रथुमको म्याङलुङमा ईमानसिं चेम्जोङको १२२औं जन्मजयन्ती मनाइयो - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तेह्रथुमको म्याङलुङमा ईमानसिं चेम्जोङको १२२औं जन्मजयन्ती मनाइयो

  • राजकुमार तेयुङ

मेयङलुङ । तेह्रथुमको म्याङलुङ बजारमा विभिन्न कार्यक्रमहरू सहित ईतिहासकार ईमानसिं चेम्जोङको एकसय २२औं जन्मजयन्ती मनाएको छ ।

भरतको दार्जिलिङ जिल्ला अन्तरगत कालिङपुङको रिन्केनपुमा आज भन्दा १ सय २२ बर्ष अगाडी जन्मेका ईतिहासकार ईमानसिं चेम्जोङको बारेमा किरात याक्थुङ चुम्लुङ मेयङलुङ नगरपालिकाका नगर अध्यक्ष साम थाम्देन थाङबेनले लिम्बू समुदायको ईतिहासकार ईमानसिं चेम्जोङ, सिङजङगा सिं थेबे र फाल्गुन्द लिङदेनको हुलाक टिकट रहेको ईतिहास बताउनुभयो ।

नेपाल आदिबासी जनजाती माहासंघ तेह्रथुमका अध्यक्ष बलदेब तुम्बाहाङफेले ईतिहासकार ईमानसिं चेम्जोङ सिङ्गो लिम्बू याक्थुङ समुदायको महान ब्याक्ति भएको बताउनुभयो। ८७ बर्षका घनश्याम सावादेनले मान्छे मान्छेको समाजमा जन्मेपछि ईमानसिं चेम्जोङले लिम्बू समुदायमा पुर्याएको योगदान जस्तै हामीले पनि हाम्रो समुदायमा योगदान पुर्याउनुपर्ने बताउनुभयो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सल्लाहकार कृष्णमान तुम्बाहाङफेले ईतिहासकार ईमानसिं चेम्जोङले लिम्बू समुदायमा ठूलो योगदान पुर्याएर जानुभएकोले उहाले हिडेको गोरेटोहरूमा हिडनुपर्ने बताउभयो ।

यसरीनै कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठान तेह्रथुमका अध्यक्ष तथा रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर भगिश्वर तेयुङले मान्छे भएर जन्मे पछि ठूलो या सानो होस निस्वाथ्य भावनाले काम गर्दा समाजले सम्झिन्ने भएकोले ईमानसिं चेम्जोङको पथयात्रामा हामी सबै हिडन अनुरोध गर्नुभयो ।

किरात याक्थुङ चुम्लुङ तेह्रथुमको आयोजनामा भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले स्थापना गरेको कियाचु ईमानसिं चेम्जोङ पुरस्कार कोषद्वारा लिम्बू भाषाको बिकासका निम्ति लिम्बू भाषा साहित्य लेखनमा योगदान पुर्याको भन्दै म्याङलुङ नगरपालिका वाड नं ९ साब्ला फुङसीङमा टोल बस्ने ८७ बर्षका घनश्याम सावादेन लिम्बुलाई नगत सहित सम्मान पत्रले समेत गरेको छ । ईतिहासकार चेम्जोङको जन्म जयन्तीको अबसरमा किरात याक्थुङ चुम्लुङका पूर्ब केन्द्रीय सदस्य ईन्द तुम्बाहाङफे, राम तुम्बाहाङफे र दिल बहादुर सोदेम्बाले समेत आफ्नो धारणा राख्नुभएको थियो ।

ईतिहासकार ईमानसिं चेम्जोङको १२२औं जन्मजयन्ती किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर