दिनेशको निर्देशनमा गंगाको ‘भेटै भयो बैसमा’ फिमेल भर्जन सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ०८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा गंगाको ‘भेटै भयो बैसमा’ फिमेल भर्जन सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका गंगा फियाकको आवाजमा ‘भेटै भयो बैसमा’ फिमेल भर्जन सार्वजनिक गरिएको छ ।

यासेली योङहाङको शव्द तथा केहेर सिंह लिम्बू र सुमन तामाङको संगीत रहेको पालामको लयमा फ्यूजन गरिएको रोमान्टिक गित ‘भेटै भयो बैसमा’ फिमेल भर्जन मिना लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बूको निर्देशन रहेको भिडियोमा प्रविन मगर र मिना लिम्बूले अभिनय गरेका छन् । यसअघि गायक केहेर सिंह लिम्बू र गायिका गंगा फियाकको आवाजमा सार्वजनिक गरिएको गितको फिमेल भर्जन सार्वजनिक गरिएको हो ।

माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको भिडियोमा बाटोमा हिडिरहेको बटुवाले पानी पिउन मागेपछि पहिलो नजरमा नै मन पराएको रोचक प्रेम भाव प्रस्तुत गरिएको भिडियोमा सुजन श्रेष्ठको छायांकन, मोति सिग्देलको सहयाक छायांकन, याङसाङ मुकारुङको आर्ट, कृष्ण सुवेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।

सागर संसारको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गितको रेकर्डिङ माहोल स्टुडियोमा डिजे मेवाहाङले गरका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर