
- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायिका सुनिता थेगिमको पछिल्लो गित ‘च्याब्रुङको तालैमा’ सार्वजनिक गरिएको छ ।
भुपेन्द्र तुम्बाहाङफेको कथा निर्देशन तथा छायांकनमा बिष्णु किरातीको शव्द र अनिल कोयी राईको संगीतमा सजिएको पुर्वेली लोक भाकाको गित ‘च्याब्रुङको तालैमा’ को म्युजिक भिडियो सुनिता थेगिम युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा देवराज सिग्देलको सहायक छायांकन, सोनु साम्सोहाङ राईको मेकअप, अनिल रानाको सम्पादन रहेको भिडियोमा सिर्जना निङलेकु, इओन लिम्बू, प्रसन चाम्लिङ र दिव्या लावती लिम्बूले अभिनय गरेका छन् ।

लिम्बू समुदायमा दिदीलाई मगनी गरेर विवाहको बेला दिदी अर्कैसँग भागेपछि कुटुम्बलाई दिदीको ठाउँमा बहिनीलाई नै दुलही बनाएर खाली हात नफर्काउने परम्परालाई रोचक तवरले प्रस्तुत गरिएको भिडियोमा दिलकुमार लावती, अम्बर तुम्बाहाङफे, रिसी साम्बा, रिवल साम्बा, सुमन आङदेम्बे, सन्दीप तुम्बाहाङफे, सन्दीप लिङदेन, दीपा तुम्बाहाङफे र नुमा लावतीले समेत अभिनय गरेका छन् ।
एम म्युजिक स्टुडियोमा रेकर्ड गरिएको सम्झना योङहाङको आवाजमा ख्याली समेत समावेश गरिएको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ मनोज थापा मगरले गरेका छन् ।
मेला हाट बजारमा छेलो हान्ने, तरुनी जिस्क्याउने, तरुनीको निहुँमा फौदारी गर्ने परम्परालाई प्रस्तुत गरिएको त्रिकोनात्मक प्रेम कथा बोकेको रोमाञ्चक भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…








