
माङसेबुङ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट निर्वाचित २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न उपसभामुख निर्वाचनमा रुबीले २२९ सांसदको पद प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी राप्रपाकी सरस्वती लामाले ५ मत प्राप्त गरिन् ।
रुबीको समर्थनमा श्रम संस्कृतिबाहेक रास्वपा, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पनि मतदान गरे । नेकपा एमालेका सांसदले भने निर्वाचनमा भाग नै लिएनन् ।








