मुकुम्लुङ संरक्षणमा संलग्न संस्थाहरुद्वारा ताप्लेजुङ प्रवेश राजमार्ग अनिश्चितकालिन यातायत बन्दको घोषणा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुकुम्लुङ संरक्षणमा संलग्न संस्थाहरुद्वारा ताप्लेजुङ प्रवेश राजमार्ग अनिश्चितकालिन यातायत बन्दको घोषणा

माङसेबुङ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केबुलकार खारेजीको लागि संघर्षरत संस्थाहरुद्वार मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्दको घोषणा गरेका छन् ।

मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिसहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले  भोलि पुस २१ गते आइतबारदेखि ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको हो ।

समितिले लामो समयदेखि मुक्कुमलुङ क्षेत्रमा केबुलकार खारेजीको माग गर्दै आन्दोल गरिरहेको छ ।

गएको पुस १७ गते जनम लिम्बू, सुशिल लिम्बू र संजोग लिम्बूलाई (नाम्जाङ्गे) तल्लो फेदिबाट प्रहरीले गिरफतार गरी हिरासतमा म्याद थप गर्दै राखिएकोले बिना सर्त रिहा गरिनुपर्ने संघर्ष समितिको माग छ । प्रहरीले पक्राउ गर्न अगाडि नाम्जाङ्गेमा भिजिलान्तेले पक्राउ परेकालाई कुटपीट गरेको बिज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेका ३ संरक्षणकर्मीको रिहा नभइञ्जेलसम्म सडक बन्द रहने समितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

जारी बिज्ञप्तीमा मेची राजमार्ग, तमोर कोरिडोर र मध्य पहाडी राजमार्ग बन्द रहने जनाइएको छ ।

आदिवासी याक्थुङ/लिम्बुहरुको धार्मिक धरोहरको रुपमा रहेको ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा निजि कम्पनीलाई केबुलकार बनाउने सरकारले इजाजत दिरपछि अहिले सो क्षेत्र रणभुमी बन्दै छ ।

राज्य र प्रहरी नै लागेर दमन गरेको र तीन जना ब्यक्ति पक्राउ गरेको र ती ब्यक्तिको बिना सर्त रिहाईको साथै नाम्जाङ्गेमा राखिएको प्रहरी समेत हटाउन माग गर्दै २० गतेसम्म्को अल्टिमेटम दिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

मुक्कुमलुङ क्षेत्र भनेको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र आस्थाको स्थल हो। यो पवित्र आस्थाको स्थलमा विश्वास राख्ने सारा मानव समुदायको साझा धरोहर हो। मुन्धुमी मूल्य मान्यताको आधारमा सो क्षेत्रमा वातावरण, पर्यावरणलाई प्रतिकुल प्रभाव पार्ने केवलकार लगायतका ठूला संरचना निर्माण सहित कुनै पनि प्रकारको सरकारी तथा गैरसरकारी एवम् मानवीय गतिविधि गर्न नमिल्ने जिकिर गरेको छ । सरकारले केबलकारवालाहरूलाई सुरक्षा दिन राखिएको नाम्जाङ्गे (तल्लो फेदी काफ्ले पाटी) मा राखिएको प्रहरी टोली फिर्ता गर्न र विभिन्न बहानामा केबलकारवालाहरूलाई सुरक्षा दिन योजना गरिएका कदमहरूको विरोध औपचारिकरूपमा सङ्घीय सरकारका गृहमन्त्री र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री समक्ष यसै महिनाको शुरुमा ध्यानाकर्षण गरिसकिएको बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ, २०८१ साल कार्तिक २३ गते पनि प्रहरीको सुरक्षामा तिनै भिजिलान्तेहरूले मानिस काटेका आरोप दाबी छ । मान्छे काट्ने विरुद्धको जाहेरी समेत ताप्लेजुङ प्रहरी कार्यालयले नलिएर राज्यपक्षले मुक्कुमलुङ संरक्षणकारीहरूको जिउधन सुरक्षामाथि गम्भीर पक्षपात गरेको आरोप छ ।

यसैबीच नागरिक समाजले विकासको नाममा सैन्य दमन भन्दै मुकुम्लुङमा केबुलकार बनाउने बहानामा गरिको दमनको बिरोध गरेको छ । मुक्लुङमा केबुलकार बनाउन नहुने ऐक्यबद्धता र राय प्रहरीको दमन बिरुद्ध ७६ जना नागरिक समाजका ब्यक्तिहरुले हस्ताक्षर गरेका छन ।

सम्बन्धित खवर