नेपाल क्लाइम्बिङ वागमती प्रदेश अध्यक्षमा कल्पना निर्वाचित - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल क्लाइम्बिङ वागमती प्रदेश अध्यक्षमा कल्पना निर्वाचित

ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अन्तरगत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ ।

नवनिर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन् । यस्तै काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन् । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।

काठमाडौँ उपत्यका कमिटी उपाध्यक्षयमा श्रीधर पौडेल र बुद्धि राम शर्मा, सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित भएका छन् ।

यसैगरी वाग्मती प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत, सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन् ।

भेलामा ४२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश. खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामा, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर