मुकुमलुङ संघर्ष समितिद्वारा सात बुँदे मागसहित मंगलबारदेखि अनिश्चितकालीन बन्द आह्वान - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुकुमलुङ संघर्ष समितिद्वारा सात बुँदे मागसहित मंगलबारदेखि अनिश्चितकालीन बन्द आह्वान


माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।

मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो ।

बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ संयङ) सहजीकरण समूह र डकेन्द ्रसिंह थेथिम किरात धर्म तथा साहित्य उत्थान संघद्वारा हस्ताक्षर गरिएको छ ।

मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ सरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिखिमले जानकारी दिएका छन् ।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिनासर्त रिहाई, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने बिज्ञप्ती मार्फत माग गरिएको छ ।

बिज्ञप्तिमा सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको उल्लेख छ । कुटपिट गरी थुप्रैलाई घाइते बनाएको भन्दै गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेको उल्लेख छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाएको छ ।

बेकशुरमा निर्मम लाठीचार्ज गर्दै गोली प्रहार गरेर घाइते बनाएको भन्दै दलाल माफिया पूँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गरेको आरोप लगाउदै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने अडान छ । शान्तिपूर्ण प्रदर्सनको लागि भेला भएको समुहमा गोलि चलाएकोले अनिश्चितकालिन बन्द आहृवान गर्न बाध्य भएको उल्लेख छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.इ बैँक बन्द गर्नुपर्ने, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रबेशमा रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङक, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका बिषयमा कोषसभा गर्ने पनि विज्ञप्ती मार्फत जनाइएको छ ।

घाइते तीन जनाको काठमाडौंस्थित टिचिङ अस्पतालमा सघन कक्षामा उपचार भइरहेको नेत्री सरू सिंगकले बताएकी छन् ।

बन्द गर्नुपर्ने माग मुद्दाहरूसहित निम्न अनुसार आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दछौं ।

१. मिति २०८१ माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्द मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द घोषणा गरिएको छ ।

२. मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउने, नितिगत भ्रष्टाचार गर्दै अकुत सम्पती कमाएका माफिया दलाल चन्द्र ढकालको ग्लोबल क्ष्ःभ् बैंकमा रहेको खाता बन्द गर्न सबैलाई आव्हान गर्दछौं । सम्भव हुने ग्लोबल क्ष्ःभ् बैंकका सबै शाखाहरूमा मिति २०८१ माघ १४ गते १ः०० बजे शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने । ढकालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल क्ष्ःभ् बैंक बन्द गर्नु पर्ने ।

३. ब्यापक असहमतिका वाबजुद मुन्धुमीस्थलमा केबलकार बनाउन खोज्ने माफिया दलाल चन्द्र ढकाल र कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने ।

४. बशगद्दार मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने ।

५. पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने ।

६. दलाल चन्द्र ढकालको कारिन्दाको रूपमा मात्रै काम गरिरहेका ताप्लेजुङका असक्षम सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने र निजहरूलाइ कडा कार्वाही गर्नुपर्ने ।

७ राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजी लगायतका बिसयमा कोण सभा, धर्ना कार्यक्रम गर्ने ।

प्रेस विज्ञप्ति

 

सम्बन्धित खवर