नेपाल तामाङ घेदुङ संघको २८६१ औ सोनाम ल्होसार दिवस कार्यक्रम सम्पन्न - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल तामाङ घेदुङ संघको २८६१ औ सोनाम ल्होसार दिवस कार्यक्रम सम्पन्न

पान्थर । कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ स्थित माथिल्लो हाङ्ठुवामा नेपाल तामाङ घेदुङ संघले बिहिवार २८६१ औ सोनाम ल्होसार दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

कुम्मायक गाउँपालिकाको अध्यक्ष बम प्रसाद लावतिको प्रमुख आतिथ्यमा नव निर्मित बौद्ध गुम्बाको प्राङ्गणमा भएको सो कार्यक्रममा माघ महिना देखि सालसम्बत फेरिने भएको आज देशैभर सोनाम ल्होसार पर्व मनाइएको आदिवासी जनजातिका कुम्मायकका अध्यक्ष दुर्गा वम्जनले बताए ।

तामाङ समुदायको प्राचीन मुन्धुम अनुसार आजदेखि सर्प बर्गमा बर्षको प्रवेश भएको पनि उनले भने । २८८४ साल भन्दा अगाडि चिनबाट नेपालमा प्रवेश गरेका मन्जुश्रीले काठमाडौको खाल्डोमा आहालको पानी कटाएर तामाङ अर्थात बौद्ध समुदायको बस्ती बसाएको ऐतिहासिक इतिहास रहेको कार्यक्रममा बताइएको थियो ।

स्थानीय सरकार र राज्यको मात्रै मुख ताकेर बस्न नहुने हरेक जातजातिले स्वतस्फूर्त तवरले संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्ने किराँत याकथुङ चुम्लुङ कुमायकका अध्यक्ष पदम सुखि सम्बाहाम्फेले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम कार्की, वडा सदस्यहरु ईन्द्र चेम्जोङ, हरि ढुंगाना, धनमाया तामाङ लगायत तामाङ समुदाय तथा गैर तामाङहरुको उपस्थितिमा तामाङ घेदुङ संघ कुम्मायकका अध्यक्ष लैनबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर