युकेमा पहिचानवादी मोर्चा युके गठन तथा घोषणा कार्यक्र सम्पन्न - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेमा पहिचानवादी मोर्चा युके गठन तथा घोषणा कार्यक्र सम्पन्न

  • सिक्कुम फुरुम्बो चरेप

युके । युकेमा सांकृतिक, समाजवाद, लोकतान्त्रीक नारा सहित पहिचानवादी मोर्चा युके गठन तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

गत शनिबार युकेको अल्डरशटको एम्पायर सभा हालमा देवी बहादुर तुम्वाङफेको संयोजकमा एक सय ३१ सदस्यीय समिती पहिचानवादी मोर्चा युके गठन भएको हो ।

राष्ट्रिय पहिचानवादी मोर्चा युके र स्वतन्त्र पक्ष बिची भएको उक्त घोषणा सभामा दुई पक्षले आफु आवद्व संगठन बिगठन भएको र अब देखि सबै पहिचानवादी मोर्चा युकेमा रुपान्तर तथा समायोजन भएको हाते सङलो उठाएर उदघोण गरेका छन ।

सहसंयोजकहरुमा विजय लुङफुङवा, चन्द्रकला आवाजङ, खडकजोङ आङबुहाङ, कृष्ण प्रसाद लिङदेन, कुलदिप राई, लीला सेत्लिङ माबो, मान तबेबुङ, रामकुमार पोमु, रुद्र प्रसाद श्रेष्ठ, रुपमान कुरुम्बाङ, तेज प्रसाद लावती, तिल बिक्रम तावा, यदु चन्द्र लावती र युमा लिम्बु चयन भएका छन ।

यसैगरी सचिवालय सदस्यमा दिल कुमार फोम्बो, लाहाङ चेम्जोङ, मिहाङ थेबे, लाल लिङदेन र शेर बहादुर इङनाम चयन भएका छन ।

यस्तै कोष बिभागमा दिपक तुम्बापो, जीतेन्द्र चेम्जोङ, रन्जीत तुम्वाहाङफे, टिका मादेन, चयन भएका छन् । रणनितिक तथा कुटनितिक विभागमा खडकजोङ आङबुहाङ, सन्तर वीर नेम्बाङ र टंक खापुङ चयन भएका छन ।

यस्तै सांस्कृतिक विभागमा, चन्द्र बहादुर लिङदेन, दुर्गा खापुङ, जसराज चेम्जोङ, सानु सुब्बा, योवाहाङ तुम्बाहाङफे चयन भएका छन । आन्दोलन विभागमा देउमान आङबो, दिल बहादुर तुम्बाहाङफे र रुपमान कुरुम्बाङ चयन भएका छन ।

संगठन विभागमा दल योङया, लीलाराज काम्बाङ, नगेन्द्र नेम्बाङ, नर बहादुर कुरुम्बाङ र राम इजम चयन भएका छन । प्रकाशन विभागमा छत्र वनेम, तेज माबो, थान कुमार नाल्बो र यदु चन्द्र लावती चयन भएका छन । विचार विभागमा भरत चोङबाङ, चुडा तुम्बाहाङफे, गणेश इजम र कुष्ण लिङदेन चयन भएका छन । सञ्चार विभागमा पारस राना र पर्वत राई चयन भएका छन ।

टंक खापुङको संयोजक तथा गणेश इजमको संयोजकमा पहिचानवादी मोर्चा युके गठन तथा घोषणा सभालाई सफताको शुभकामना ब्यक्त गर्न पहिचानवादी मोर्चाका केन्द्रिय संयोजक डा.महेन्द्र लावतीले अनलाईबाट ब्यक्त गर्नु भएको थियो । यसैगरी किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष कमला सेन्दाङ, लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम, मुकुक्कुमलुङ, सेमुक्ते ताङसेप सहयोग संयोजक दिल सम्बाहाङफे, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य ब्रविन सेर्मा लगायत बिभिन्न व्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए ।

बिभिन्न पहिचानवादी संघ, संस्था र स्वतन्त्र पहिचानवादीहरु बिच लामो संवाद र छलफल पछि एकताको सन्देश दिन्दै पहिचानवादी मोर्चा युके गठन गरिएको हो । पहिचानवादीहरु एउटै मुद्वा र गन्तब्यहरु भए पनि कहिले एक ठाउँमा उभिएर लक्ष्यमा पुग्न नसकेको र पछिलो समयमा सम्पुर्ण पहिचानवादीहरु मोर्चामा सामेल भएर दरिलो भएर जानका लागि पहिचानवादी मोर्चा आबश्यक भएको त्यहि आबस्कतालाई पुरा गर्न साथै बहुलसांस्कृति समाजवादलाई संस्थागत गर्न पहिचानवादी मोर्चा गठन भएको संह संयोजक विजय लुङफुङवाले बताउनु भयो ।

नव गठित संगठनलाई बिधिवत संचालन गर्न विजय लुङफुङवाले कार्य पत्र प्रस्तुत गरेका थए भने कार्यक्रम गणेश इजमले संचालन गरेका थिए ।

पहिचानको मुद्वालाई कुनै हालतमा कम्जोर हुन नदिन पछिलो समयमा डा.महेन्द्र लावतीद्वारा नेतृत्व गरिएको पहिचानवादी मोर्चा स्वादेश बिदेशमा ब्यापक गठन भईरहेको छ डा. महेन्द्र लावती लामो समय सम्म अमेरीकामा बसे पनि अब अमेरीको बसै विट मार्दै बाँकी जीवन स्वदेशमै बसरै पहिचानको मुद्वामा ब्यथित गर्दै छन ।

सम्बन्धित खवर