- आन्छुमे नसान
माङसेबुङ । रोयल स्पोर्टिङ क्लब दमक झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै दमक झापा सेमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।
दमकलाई जित दिलाउन विपासा धिमाल, मनिषा चौधरी र अम्बिका लावतीले समान एक गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको दमक झापाले खेलको ३५ औं मिनेटमा विपासाको गोलमा सुरुवाती अग्रता लिए । उनले फ्रिकिकबाट गोल गरेकी हुन् ।
त्यसपछि भने थप दवावमा परेको पाहुना टोली दार्जिलिङले ३७ औं मिनेटमा फ्रिकिक् बाट अर्को गोल खान पुग्यो । यो पटक भने मनिषाले गोल गरिन । त्यस्तै खेलको ४२औं मिनेटमा कप्तान अम्बिकाले गोल गर्दै दमकलाई ३–० को सहज जित दिलाइन ।
खेलको प्लेयर अफ द म्याच दमककी विपासा धिमाल घोषित भईन् । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत भोलि मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा कनकाई नगरपालिका झापा र ताप्लेजुङ फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।