माङसेबुङ । नेपाल वुमन्स डे कप टी–२० आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नामिबियासँग पुनः पराजित भएको छ ।
बुधबार एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ५ विकेट गुमाएर १०२ रन मात्र बनायो ।
नेपालका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाउँदा कविता जोशीले १७ रन, पुजा महतोले १५ रन र इन्दु बर्माले १५ रन बनाए ।
नामिबियाका लागि इभलिन केजरुकुवाले २ विकेट लिदा विल्का माटिले, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाउँदा विल्का मातिलेले २० रन र अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।
नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिदा रचनाकुमारी चौधरीले २ विकेट तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान १ विकेट लिए ।
यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ ।