शान्ताको शव्दमा राजु र दुर्गाको पालाम ‘माघेनी तेम्दा’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, जेठ ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शान्ताको शव्दमा राजु र दुर्गाको पालाम ‘माघेनी तेम्दा’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गितकार तथा सामाजिक अभियन्ता शान्ता केरुङको शब्द संकलन तथा गायिका दुर्गा तुम्साको लय संकलनमा पालाम ‘माघेनी तेम्दा’ सार्वजनिक गरिएको छ ।

गायिका दुर्गा तुम्सा र गायक राजु आङदेम्बेको आवाज रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘माघेनी तेम्दा’को म्युजिक भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चन्द्र लिम्बु Pbo को निर्देशन तथा शान्ता केरुङको निर्माण रहेको पालाम भिडियोमा दुर्गा तुम्सा, शान्ता केरुङ, कर्मिला आङदेम्बे, चन्द्र कुमारी तुम्सा, अमृता राई, चन्डीका लावती, सबिता लावती, जिबन केदेम, अबि चेम्जोङ, सन्देश निङलेकु, शक्तिम तुम्सा, लासाङ निङलेकु, रबिन्द्र निङलेकु र देउमान साम्राले अभिनय गरेका छन् ।

स्याम लिम्बूको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको पालामको रकर्डिङ श्रद्धा रेकर्डिङ स्टुडियो काठमाडौंमा गरिएको हो । पालाममा गायक बिवाश नेम्बाङ र गायिका निरन्ता नेम्बाङले समेत आवाज भरेका छन् ।

सुमन तामाङको छायानंकन, अशोक मन्डलको मेकअप, कोशी भिजन प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको भिडियोमा हेमन तामाङको सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस…

 

सम्बन्धित खवर