राष्ट्रिय महिला टोलीका लागि एन्फाले प्रो–लाइसेन्स प्रशिक्षकको आवेदन खुलायो - Mangsebung News
  • बिहिबार, जेठ ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय महिला टोलीका लागि एन्फाले प्रो–लाइसेन्स प्रशिक्षकको आवेदन खुलायो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला टोलीका लागि पहिलोपटक प्रो– लाइसेन्सवाला प्रशिक्षक नियुक्तिका लागि प्रो लाइसेन्सवाला प्रशिक्षकको आवेदन खुला गरेको छ ।

एन्फाले सोमबार सूचना जारी गर्दै प्रो लाइसेन्सवाला प्रशिक्षकको आवेदन खुला गरेको हो ।

एन्फाले सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने जनाएको छ । त्यस्तै, कम्तिमा दुई वर्षको अनुभव भएको र ट्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ ।

एन्फाले ने एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो । यस्तै एन्फाले पर्फमेन्स एनलाइसिस पनि माग गरेको छ । एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ । यसमा भने कम्तिमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ ।

सम्बन्धित खवर