- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेको कुम्मायक गाउँपालिका ४ साविक रानिगाउँ ६ स्थित ऐतिहासिक हाङमा पोखरी माङ्हिम यक्वा तङनाम उभौली पुजा आज सम्पन्न भएको छ ।
प्रदेश सरकारको ३० लाख बजेटमा निर्माण सम्पन्न गरेको सो संरचना संरक्षण पोखरीको लम्बाई १९ मिटर र चौडाई १३ मिटर, उचाई १ मिटर आधा रहेको हाङमा पोखरी व्यवस्थापन संरक्षण समितिले जनाएको छ ।
सत्रौ शताब्दीमा तेक्तेन्हाङ र तेक्तेन हाङमाको दरबार रानीभिरमा रहेको र सोहि दरबार बाट राजा र रानी शिकार खेल्ने गर्मी हुदा नुहाउदै पानी पिउने क्रममा पोखरीमा पुगि नुहाइ पानी पिउदा जीउ हलुको र प्यास मेटिएको किम्बदन्ति भेटिन्छ ।
हालको मदन आश्रीत चौतारी छेउमा अवशेष रहेको भाले पोखरी हुँदै रानी पोखरीमा नियमित नुहाउन आउँदा कालान्तरमा यो पोखरीको नाम हाङमा वःरक हुन पुगेको भनाइ छ । त्यसपछि शाहबङ्शको राज्य एकीकरण पछि हाङमा रानी, वःरक पोखरि र पाङभेलाइ गाउँ अपभ्रंश हुदा हाल रानिगाउँ गाउँको नामले भौतिक संरचना परिचित हुन पुगेको बताइन्छ ।
जग्गादाता धिरेन्द्र र स्वः भक्तबहादुर सम्बाहाम्फे रहेका छन भने दिनेश सम्बाहाम्फेले सस्थालाई निजिघर कार्यलय सहित ५ हजार नगद दिइ उनि आजिबन सदस्य बनेका छन । उक्त पुजा अब रैथाने १२ जिम्माले गर्ने भएका छन । सुव्वा देउकुमार, सुव्वा निरबहादुर, सुव्वा ऐतराज, सुव्वा कृष्णबहादुर सुव्वा नरपति, सुव्वा ज्ञानबहादुर, सुव्वा खडकबहादुर, सुव्वा कृष्णबहादुर, सुव्वा रैटार बम्ब बहादुर सम्बाहाम्फेको ३ जिम्मा र गैरसम्बाहाम्फे १ ले सातकन्ने, पाँचकन्ने, कुस्सायक, कुम्मायक , सुमजिरीसुम हात्लुङ गढि धवाःराजा धवाःरानी, तमोर, माई, सेहेंशिकारी युमामाङ थेबामाङ् देवीदेवताको पुजा गरिएको छ ।
लाखचित्त र मुक्तिहाङ सम्बाहाम्फेको स्वामित्वको जग्गामा निर्माणाधीन माङ्हिमको शिलान्यास गाउँपालिका अध्यक्ष बमप्रसाद लावतिले गर्नु भएको छ । वडाअध्यक्षहरु फगेन्द्र सम्बाहाम्फे देवेन्द्र लावतिको प्रमुख उपस्थितिमा नौमति बाजा ढोल केःलाङ सहित कार्यक्रम सम्पन्न भएको थियो । हाङमा वःरकको ऐतिहासिक इतिहास अब आउने स्थानीय पाठ्यक्रममा समेत समेटिने गाउपालिकाका अध्यक्ष बमप्रसाद लावतिले बताए । कार्यक्रम समितिका अध्यक्ष योगेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सस्थाका सचीव सुजन सम्बाहाम्फेले कार्यक्रम संचालन गरेका थिए ।