- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । अघोषित लोडसेडिङका कारण पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाका करीव १५ सय घरधुरी फेरि काकाकुल बनेका छन ।
विद्युत सेवा अवरुद्ध हुँदा सोलार प्यानल बाट डिप बोरिङ नियमित सन्चालन हुने भनिएता पनि सेवाग्राहीले सो सेवा नपाएको उनीहरुको गुनासो छ । करीव १ महिना देखि गाउँपालिकाको १, ३, ४ र ५ वडाका सेवाग्राहीले विद्युत र पानी नियमित उपभोग गर्न पाएका छैनन् ।
उहि पुरानो समस्या ट्याङ्करबाट ल्याइएको पानी किन्न बाध्यता भएको बताइन्छ । विद्युतको केन्द्रिय प्रशारण लाइन नियमित सन्चालन हुन नसक्दा तमोर पम्पिङ लिप्ट प्रभावित भइ घण्टौ समय खर्चेर पधेरो धाउने दुःख हल नभएको बताउँछन् ।
तत्काल खानेपानी समस्या समाधान गर्न नियमित विद्युत आपूर्ति बाहेक अरु बैकल्पिक उपाय नभएको पनि नागरिक समाज बुद्धिजीवीहरुको ठहर छ ।