- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको पाँचवटै वडामा मक्कै बालिमा लाग्ने फौजि किराको प्रकोप बढ्दो मात्रामा रहेको त्यहाँका कृषि प्रसार प्राविधिक सबिन खतिवडाले जनाएका छन ।
वडा नम्बर १, २, ३, ४ र ५ को अधिकाङ्स क्षेत्रमा रहेको मक्कैको बिरुवामा फौजि किराको आतंकले गर्दा यस बर्ष उत्पादनमा गिरावट आउने भएपछि किसानहरु चिन्तित बनेका छन ।
१ नम्बर वडाको खाल्डे, सुब्जानि साफाबुङ भदौरे र काफ्लेपानी पङ्वा र २ नम्बर वडाको धुप्पिङ लामटारमा पनि यस्को प्रकोपले हैरान पारेको लामटारका किसान गङ्गा शेर्माले बताए । उनका अनुसार ५ रोपनी जग्गामा मक्कै बाली लाएर बर्षेनि मनग्गे आम्दानी बटुलेका तर यस बर्ष भने फौजी किराले बिरुवाको गानो खाएर नष्ट पारेपछि उत्पादनमा निश्चित गिरावट आउने र उनको जस्तै अन्य किसानको पनि उस्तै हालत रहेकोे बताए ।
यसैगरी वडाको ३ नम्बर स्थित हात्तीपोखरी, मेदिबुङ, सिम्राहा, सेपेनिका किसानहरु पनि फौजि किराको प्रकोपको कारण चिन्तित बनेका छन । २ सय रुपैयाँ पाथिले तेह्रथुम जिल्लाको म्याङ्लुङ आठराइ छातेढुङ्गा औसिडाडा सम्म मक्कै बेचेर घरको गर्जो टार्ने गरेका किसानको सपना यो बर्ष अधुरो बन्ने वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम कार्किले बताए ।
यसैगरी वडा नम्बर ४ का मनमाया लिम्बुनि, झरेन्द्र सम्बाहाम्फे लगायतका अन्य धेरै किसानका मक्कैबालिमा लाग्ने फौजी किराको प्रकोपले गर्दा उत्पादनमा गिरावट आउने भयो भन्दै चिन्तित बनेका छन । कृषि शाखा यासोक बाट कगउभच मचबनयल नामक किटनाशक औषधि निम्नतम शुल्कमा किसानले खरिद गरि मक्कैको बिरुवामा छर्केपनि फौजी किराको रोकथाम हुनसकेको छैन ।
त्यस्तै ५ नम्बर वडामा पनि उहि हाल रहेकोे छ । कुम्मायक गाउँपालिकाको कति हजार हेक्टर निजि जग्गामा मक्कैबालि किसानले लाउछ र कति उत्पादन हुनुपर्नेमा बर्षेनि कति गिरावट आउदैछ भन्ने एकिन तथ्यांक कृषि शाखामा नरहेको कृषि प्रसार प्राबिधिक सबिन खतिवडाले बताएका छन ।