तीनचुलेमा अङ्सीमाङ तथा अङ्सीमामाङद्वारा खानेपानीको उद्घाटन - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तीनचुलेमा अङ्सीमाङ तथा अङ्सीमामाङद्वारा खानेपानीको उद्घाटन

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुले पाँचथरको मिक्लाजुङ गाउँपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा रहेको तीनचुलेमा खानेपानीको उद्घाटन गर्नुभएको छ ।

बिहिबार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रुपमा समेत रहेको तीनचुलेमा अङ्सीमाङ तथा अङ्सीमामाङ ज्यूहरुले खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभएको हो ।

उक्त खानेपानी पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ बालुवानी कुरुम्बाबाट तीनचुलेस्थित किरात फाल्गुनन्द मिङ्सो माङहिममा र गुरु निजी आश्रममा ल्याइएको हो ।

खानेपानी योजना गुरु निजी आश्रमको सहयोगमा स्थानिय किरात धर्मावलम्बी भक्तजनहरुको श्रमदानबाट सम्पन्न गरिएको मिक्लाजुङ ५ का वाडा सदस्य तथा धार्मिक अभियन्ता मेघ राज लाओतीले बताए ।

यसैगरी विश्व शान्ति तथा मानव एकताको लागि सेवा समेत आयोजना गरिएको कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङज्युले माङ आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।

किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष तथा गुरु निजी आश्रम अर्थ समितिका कोषाध्यक्ष सेर बहादुर लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेघ राज लओतीले गरेका थिए ।

यस्तै किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साबा पवित्रहाङमा लिङ्देनज्युहरुले मिक्लाजुङ ५, कुरुम्बा बालुवानीस्थित खानेपानीको मुहान बिहिवार अवलोकन गर्नुभएको छ ।

सो खानेपानी मुहान पूर्णप्रकाश लाओती र कुरुम्भङ सूजता लाओती दम्पतीले तीनचुलेको लागि खानेपानी मुहान दिएका हुन् ।

 

सम्बन्धित खवर