माङसेबङ । इलामको माङसेबुङमा सात दिने उद्घोेषण तथा पत्रकारिता तालिम सुरु भएको छ ।
विहिबार माङसेबुङ ५ मा अवस्थित किरात साम्जिक मुन्धुम निसामहिमको सभाहलमा सो तालिमको सुरुवात भएको हो । तालिम असार १ गते देखि ७ गते सम्म हुनेछ ।
माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका उपाध्यक्ष होम बहादुर लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका सदस्य पुर्ण कार्की ढोली, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुभोका सचिव सञ्च सङबाङफे, किरात साम्जिक मुन्धुम निसाम हिमका तुमसिकसाम्बा ललित चन्द्र फियाक उद्घोषण तालिमका मुख्य प्रशिक्षक देशराज नेम्बाङ, सह–प्रशिक्षक सजन राई, लगायत उपस्थिति रहेको थियो ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग तथा माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र किरात इङ्भो पान्जुम्भोको आयोजना रहेको तालिममा पालिका भरिका २५ जनाको सहभागिता रहेको छ ।
सात दिने तालिममा पहिलो चरण तीन दिन उद्घोषण तालिम रहने त्यसपछि प्राक्टिकल हुने आयोजक किरात इङभो पान्जुम्भोका सचिव ज्ञानु केदेमले बताए । यसैगरी दोस्रो चरणमा तीन दिन पत्रकारिता तालिम र अन्त्यमा एक दिन सहभागी प्रशिक्षार्थी, स्थानिय जनप्रतिधि र सामाजिक धार्मिक व्यक्तित्वहरुविच मिडिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत रहने केदेमले बताए ।
किरात इङ्भो पान्जुम्भोको अध्यक्ष केहेरसिंह योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माङसेबुङ मासिकका कार्यकारी सम्पादक तथा किरात इङ्भो पान्जुम्भोका सचिव ज्ञानु केदेम र स्वागत मन्तव्य माङसेबुङ मासिक तथा माङसेबुङ न्यूज डटकमका सह–सम्पादक आन्छुमे नसानले गरेका थिए ।