माङसेबुङ । नेपालले एएफसी एसियन कप छनोटमा लाओससँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
नेपालले आज आईतबार उज्बेकिस्तानमा राष्ट्रिय महिला फुटबल टिमको ऐतिहासिक सयौं खेलको रुपमा रहेको लाओसविरुद्धको खेल नेपाली समय अनुसार सवा ६ बजे सुरु हुनेछ ।
नयाँ प्रशिक्षक पेट्रिक डी वाइल्डको नेतृत्वमा नेपालले एसियाली महिला फुटबलको सबैभन्दा ठुलो परिक्षा आज दिदैछ ।
एसियन कप खेल्ने छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै प्रतियोगितामा छनोट हुने लक्ष्यमा रहेको छ ।
लाओसविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको नेपालले दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । नेपालका लागि उज्बेकिस्ताननै सबैभन्दा बलियो चुनौतीको रुपमा रहने आकलन गरिएको छ ।