सुनिता र नोगेनले लिएर आए ‘च्याब्रुङको तालैमा’ - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र नोगेनले लिएर आए ‘च्याब्रुङको तालैमा’

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सुनिता थेगिम र गायक नोगेन हाङसरुम्बा लिम्बूले दर्शक स्रोता माझ ‘च्याब्रुङको तालैमा’ गितको भिडियो युट्यूव मार्फत लिएर आएका छन् ।

‘जिउ पैंचो’ गितको अपार सफलतापछि सुनिता र नेगेनको सहकार्य रहेको गित ‘च्याब्रुङको तालैमा’ को भिडियो गायक कै अफिसियल युट्यूव च्यानल नोगेन हाङसरुम्बा मार्फत सार्वजनिक गरेका हुन् ।

गितमा बिष्णु किराँतीको शब्द तथा अनील कोयीराईको संगीत रहेको छ भने, संगीत संयोजन मनोज थापा मगरले गरेका छन् ।

किरण राईको कथा तथा निर्देशन रहेको भिडियोमा सरोज खालिङ राई, अनुषा राई, सागर केरुङ्ग, निशान लुइंटेल, समिर जबेगु, तुलषा लिम्बू, ससिता राई र सरिता हाङसरुम्बाको अभिनय रहेको छ ।

लिम्बू संस्कृतिमा आधारित भिडियोमा मेलामा च्याब्रुङ नाच्दै, हाक्पारे गाउँदै, धान नाचेर सुरु भएको प्रेम परिवारका कारण असफल भई विछोडीएका प्रेमीहरुको पिडा, दुख र संघर्षको कथा प्रस्तुत गरिएको छ ।

भिडियोमा दिलिप थाम्सुहाङको छायांकन, तुलसा लिम्बूको मेकअप, विवेक हाङसरुम्बाको कोरियोग्राफी र किराण राई कै सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर