किरात सहिद छत्र सावदेनको २४औं स्मृति दिवसमा दीप प्रज्वलन - Mangsebung News
  • सोमबार, पुष ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात सहिद छत्र सावदेनको २४औं स्मृति दिवसमा दीप प्रज्वलन

माङसेबुङ । किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा किरात सहिद स्वः छत्र सावदेनको २४औं स्मृति दिवसको अवसरमा आईतबार साँझ दीप प्रज्वलन गरिएको छ ।

इलामको माङसेबुङ ५, मा अवस्थित किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय कार्यालयमा किरात सहिद स्वः छत्र सावदेन लगायत स्वः टेकबहादुर अन्छङ्बो,(ताप्लेजुङ) स्वः रनधोज लाओती, (पान्थर) स्वः कीर्तिमान एवाइ राई (इलाम) स्वः नरप्रसाद लिङ्देन (ताप्लेजुङ) गरि पाँच जनाको सम्झनामा साँझ दीप प्रज्वलन गरिएको हो ।

किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य प्रचारप्रसार गर्ने क्रममा दशबर्षे द्वन्दकालमा तत्कालीन माओवादीद्वारा इलामको दानाबारीस्थित सहबिरे जंगलमा २०५९ पुस ६ गते छत्र सावदेनको हत्या गरिएको थियो ।

सहिदहरुको सम्झनामा किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोले केन्द्रीय कार्यालयमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सम्बन्धित खवर