
माङसेबुङ । गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ ।
तामाङ निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज विहान(आइतबार) निधन भएको हो । उनको हृदयघातबाट निधन भएको हो ।
इन्डियन आइडल तेस्रो संस्करण जितेका तामाङ नेपालमा गायन तथा अभियानमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।
गायक तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । उनले नेपाली फिल्म ‘परदेशी’, ’गोर्खापल्टन’ लगायतमा काम पनि गरेका छन् ।
उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।







