
माङसेबुङ । वरिस्ठ अभिनेता सुनिल थापा ‘राते काइला’को निधन भएको छ ।
आज(शनिबार) ६८ वर्षीय अभिनेता थापाको थापाथलीस्थित नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई नर्भीक अस्पताल लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।
नेपाली तथा भारतीय सिने क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले नेपाली चलचित्र मसालबाट अभिनय सुरू गरेका थापाले हुन् ।
सुपरहिट नेपाली फिल्म ‘चिनो’ ‘चिनो’ मा निर्वाह गरेको राते काइँलाको भूमिकाले उनको लोकप्रियतालाई नयाँ उचाइमा पुर्यायो । यो भूमिकाले दर्शक र समीक्षक दुवैको मन जित्यो । त्यसपछि उनी ‘राते काइँला’ नामले धेरै चिनिए ।
उनले नेपाली फिल्ममा मात्र होइन, प्रियंका चोपडा स्टारर बलिउड फिल्म ‘मेरी कम’मा समेत अभिनय गरेका थिए ।
उनको निधनले नेपाली फिल्मको अभिनय यात्रामा एउटा शोक र रिक्तता सिर्जना गरेको छ ।








