ओली भर्सेज बालेन, एण्टी करेन्ट ब्याट्लसँगै चुनावी युद्ध - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओली भर्सेज बालेन, एण्टी करेन्ट ब्याट्लसँगै चुनावी युद्ध

  • विक्रम फागो वनेम

माघको पारिलो घाम ताप्न नपाउँदै, झापामा चुनावी तापक्रम ह्वात्तै बढ्यो । त्यो तापक्रमको मापन चालिस डिग्री माथि उकालो चढ्नुमा बालेन प्रमुख रहयो । पूर्वमा उसको उपस्थितिले चुनावी माहोल र उनको क्रेज ह्वात्तै बढायो । त्यो पनि झापाको क्षेत्र न.–५ मा, सबैभन्दा बढी तापक्रम बढेको हो । चुनाव हुने की, नहुँने हो ? भन्ने अन्योलताबीच उम्मेदवार मनोनयन हुने मितिका (माघ–६) दिन देखिन् चुनावी माहोल अटोमेटिक्ली तरंगित बन्यो । त्यस अघि माइनस् सेल्सियस् डिग्रीबीच आइसवर्गको रूपमा चुनावी वातावरण जमेथ्यो । जब ओलीको अधिपत्य क्षेत्रमा बालेनको इन्ट्री भो, त्यो माइनस डिग्री सेल्सियसको तापक्रममा चमत्कारिक रुपले सरगर्मी बढ्यो ।

धिरे–धिरे स्वरुपमा चुनावी माहोलको वातावरण बन्ने प्रयासरत हुँदैं गर्दा, बालेनको ग्रीन सिग्नल टचले जादुमयी चमत्कार गर्यो । बालेनले झापा टेक्न साथ हजार भोल्ट तापक्रमको करेन्ट प्रवाह भएझैं चुनावी क्रेजको रापताप देशभर फैलियो । मधेसको चिसो जाडोले उन्मुक्ति नपाउँदै, बालेनको आगमनले चुनावी माहोलको आगो झोस्यो । चुनावी रापतापको डिग्रीले तातो बहाव ल्यायो । अन्तः यो झापाको क्षेत्र न.–५ मात्रै होइन पूरै देशभरनै बालेनको कारण चुनावी आगो सल्कियो । जसको असोंचनीय उपस्थितिले चुनावी माहोलको क्रेज एक्कासी रौंनकतामा बदलिन पुग्यो । जो चाहीँ उनी राजधानीको निवर्तमान मेयर बालेन हुन् । जसले हिजो उनी मेयर हुँदा प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल मार्फत स्टाटस् बुलेट हान्थे । उक्त अक्षराँस बारुद्धी बुलेटले ओलीराज सिंहासनको पिल्लर हल्लिन पुग्थ्यो । चाहे त्यो सिंहदरबारमा होस् या बालुवाटार होस्, न की गृह निवास्थान बालकोट्मा हुँदा होस्, बालेनले त्यो बारुदी बुलेटको क्षेप्यास्त्र हान्न कतै कसुर बाँकी राखेनन् । उसो त राजधानीमा एमालेको लालकिला भत्काई दिने बालेनप्रति ओली त्यसै नि रुष्ट र क्रुद्ध बनेथे ।

तो, फिरः मेयर बालेनसँग ओलीले आफ्नो प्रधान शत्रुताको रूपमा दूरी बढाए । सिंगो देशको एउटा प्रधानमन्त्री स्थानीय निकायको एउटा मेयरसँग जुहारी खेल्नमा अभ्यस्त देखिए । ओलीलाई राजधानीको फेरिन्दो सौन्र्दर्य स्वरुप मनपरेको थिएन । बालेन मेयर बनेपछि राजधानीमा ओलीको गुनगान शनैःशनैः घृणामा बदलिँदै गयो । धरहरा ठडिन्दा होस् की, रानी पोखरी जिणोद्वारमा उभिन्दा या पशुपति मन्दिरमा सुनको गजुर निर्माण गर्दाको होस्, ओलीले त्यसको क्रेडिट् जस् र श्रेय लिने भन्दा पर विवादित र आलोचित बन्न पुगे । ओलीको हकमा त्यो दोषको विषाक्त मान्छे कोही थियो भने, त्यो त्यहीँ बालेन थियो । राजधानीमा जे जति विकासका पूर्वाधारहरु निर्माण भए, जसको सम्पूर्ण क्रेडिट् उनै बालेनले लिए । सर्वत्र उनैको हाई–हाई र जयजयको स्तुत्य बनिरहयो । बालेन हाई–हाई, केपी.बाः बाई–बाईको नाराहरु सडकैभरी गुञ्जियो । ओलीको सिक्तोना ब्यहोरा र चुत्थो थुतुनोको कारण राजधानी काठमाडौमा बालेन जस्तो शक्तिशाली युवापुस्ताको पर्दापर्ण भयो । आज उनी जस्ता हजारौं युवापुस्ताहरु जन्मिसकेका छन् । ओली जस्ता निरङकुश चरित्रका दले शासके नेताहरुलाई तह लगाउन राजनीति हस्तक्षेप गर्न त्यस्ता अजेय शक्तिशाली युवापुस्ताहरु अगाडि बढिसकेका छन् ।

पछिल्लो परिदृश्यहरुमा देखिएका ओजस्वी युवा रवी लामिछाने त्यसैका राजनीति दिग्दशक नेता हुन् । उनको रास्वपा.(राष्ट्रिय स्वतन्त्र पार्टी) पदस्थापन गरेको पाँच महिना मै देखिएको संसदीय मत र सिट संख्याले (२१) परिणाम देखाइ दिएथ्यो । आज उनै रवीले प्रत्यारोपण गरेको राजनीति पार्टीले परम्परागत ठानिएका त्रि–शंकु दले (कांग्रेस, एमाले र माओवादी) पार्टीहरुलाई कसिङगरको रूपमा बढार्ने माहोलहरु सिर्जना हुँदै गएको देखिन्दो छ । अझ् हिन्दुवादीय सौन्दर्यचेतको स्तुत्यबाट कहनुपर्दा त रवीको पार्टी मूलघरमा मेयर बालेनको प्रवेश हुनु भनेको झनै जन–धन शक्तिको लक्ष्मी नै भित्राएकोछ भन्ने आभास दिलाउँन पुगेकोछ । भन्नुपर्दा, अहिलेको राजनीति चुनावी वृतमा रास्वपामा युनान की शक्तिशाली नारी उनै क्लिरियो प्रेटा नयाँ अवतारको स्वरुपमा, मानौं दुलही बनेर भित्रिएको छ । जसको राजनीतिचेत, विवेकता र सौन्दर्यता रुपको अगाडी सबै नतमस्तक बन्न बाध्य छन् । आज उनै बालेन त्यहीँ सिम्बोलिक दृष्टान्तमा क्लिरियोप्रेटाको रूपमा उभिन र देखिन पुगेका छन् । जसलाई एक झलक देख्नको लागि श्रद्धा र दर्शन गर्न आम मानिस उस्तै लालायित भएको देख्न सकिन्छ ।

क्लिरियोप्रेटाको रुपधारणबाट बेबिकिङको रूपमा राजकुमार बाहुवली बन्न पुगेका छन् । आसन्न चुनावी मत परिणामले सत्ताको सिंहासनमा बागडोर सम्हाल्न पुगे उनी शक्तिशाली बाहुवली बन्नेमा कुनै शंकै छैन । यदी आम मान्छेको प्रतिनिधित्वको रूपमा भोलि उनी सत्तामा बाहुवली बने त्रिशंकु दले पार्टीको नेतृत्वहरुलाई जसै चिडियाखानामा कैद गर्नुपर्नेछ र प्रहशनको रूपमा आम मान्छेले टिकट काटेर उनीहरुको दिनचर्या बिताएको क्षणहरु हेर्नुपर्ने दिनहरु पनि आउँन सक्नेछन् । त्यसपछि देखिने तिनका भ्रष्ट आरौटे–भरौटे दासहरुलाई भने, टुँडिखेलमा उधोमुन्टो झुण्ड्याएर सिस्नुपानी लगाउँदै कोर्रा बसाएको रमिता हेर्न आम नागरिकजनले पाउँनु हुनेछ । अत एवः नेपाली राजनीतिमा रवी र बालेनको उदयले अहिले त्यहीँ दिशाबोध गर्न पुगेको देखिन्छ ।

बालेनको उदय, ओलीको पतन

संघीय देशकै राजधानी काठमाडौ महानगरपालिकाको पूर्व मेयर हुन् बालेन । स्वतन्त्र उम्मेदवारको रूपमा अप्रत्याशित रूपमा निर्वाचन (२०७९) जितेपछि वालेनको चर्चा– परिचर्चाहरुसँगै लोकप्रियता पनि झनै चुलिन्दै गयो । दले पार्टीको कब्जामा निस्सासिन्दो अवस्था गुजारेको काठमाडौले शनैःशनैः आफ्नो सौन्र्दर्यताको मुहार फेर्दै लग्यो । यो सौन्दर्यताको श्रृङगारिक वान्की बनाइदिने श्रेयको हकदार उनै मेयर वालेन थिए । हक्की, निडर र चारित्रिक गुणको स्वभाव बोकेका वालेन घनिभूत इत्छाशक्ति बोक्ने मेयरको रूपमा परिचित बने । उनी जनप्रतिनिधिको रूपमाज मेयर बनेपछि उनको काम गर्ने शैलीलाई आम मान्छेले मन पराए । उनको लोकप्रियताको चर्चा राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उत्तिकै चुलिन्दै गयो ।

पपुलर मिडिया हाउसमा फ्रण्ड लाइनको हेड् न्युजहरुमा कभरेज बने । सामाजिक सञ्जालमा एकछत्र हाई–हाईको राज गर्न पुगे । यहीँ सञ्जालले उनको कद झनै अग्लो पारी दियो । तन्नेरी युवापुस्ताहरुको आइड्लपर्शन बन्न पुगे । उनले दस्तखत गर्ने फेसबुक स्टाटस्, अहिले एके–फोर्टी सेभेन् भन्दा भयंकर शक्तिशाली लाग्छन् । विशेषः यिनको स्टाटसले उनै त्रि–शंकु दले पार्टीहरु विरुद्ध लक्षित गर्छन् । जुन उनको स्टाटसले बढी इन्काउण्टर एटेकको निशाना बढी यिनै उखाने ओली माथि प्रहार हुनेगर्छ । नेपाली राजनीतिमा ओलीको शासकीय अहंकार र रवाफलाई तह लगाउने अनि ठेगानमा पु¥याई दिनसक्ने एक मात्र शक्तिशाली मान्छे यिनै बालेन मात्र हुन् । ¥यापर गायकबाट उदाएका बालेन सामाजिक सञ्जालमा ओलीसँग लामो समयसम्म दोहोरी ब्याट्ल नै खेले । अन्तः बाहुली सरकार हुँ भन्दै सत्ताको दम्भ र तुजुक देखाएसी एकैचोटी थला पर्नेगरी सत्ताबाट उछिट्टिनेगरी भित्तामै पु¥याई दिए । जो जेन्जी विद्रोहताको आन्दोलनले ओलीको प्रधानमन्त्रीत्व पदभारको हविगतको परिदृश्यहरु त काफी देखियो नै होला सायद । अन्ततः उनको ज्यान मात्र जगेडा राख्नलाई नेपाली सेनाले हेली चार्टर मार्फत उद्वार गर्नुपरेको थियो कठै..!

भन्नुपर्दा, बालेन अन्तरमुखी देखिन्छन् । उनी ओली जस्तो छुद्र र अरु नेताहरु जस्तो जेपिटी बक्–बक् थुतुनो चलाउँदैनन् । थोरै मात्र कमै बोल्छन् । अलिक मुढी स्वभावका छन् । बेला–कुबेला झन्किने ब्यहोरा नि छ । उसको जुन ब्यहोरा थाहा नहुनेहरुलाई इरिटेड् नि लाग्छन् । त्यसो उनी आत्मालोचनाचेत राख्छन् । प्राय उनी औपचारिक कार्यक्रमहरुमा पनि सटिक् मन्तव्य पेश गर्छन् । जस्तो की मधेसको जनकपुरमा गत माघ–५गते मैथिली भाषामा चुनावी अभियानको पहिलोपटक सम्बोधन गरेथे । जसको सर्वत्र चर्चा–परिचर्चाले लोकप्रियता कमाएथ्यो । अन्त कतै त्यस्ता आफू माथि लगाइएका समस्या, बाधा, अड्चन र उल्झनहरु देखिएका छन् भने त्यसको प्रतिरोध स्वरुप तिखो प्रहार गर्छन् । यो उनको मानवीय चरित्रमा देखिने भिन्न स्वभाव हो ।

समवेदनाहीन क्रुर ओलीको चरित्र

खैरः अहिले ओलीको नाम र अनुहार देख्दा मात्र नि छिछी, दुरदुर र इरिटेट् मान्नेहरु असंख्य छन् । यो घृणा, इरिटेट् र प्रतिशोधबीच ओली काठमाडौका मेयर बालेनसँग राजनीति टकरावको ब्याटल खेल्दथे । सोसल मिडिया मार्फत खेलिने ब्याट्ल राउण्ड्मा मेयर वालेनले, ओली सत्ताराजको शासकीय जगको पिल्लर नै हल्लाई दिन्थे । अहिले त्यो उनको हकमा सत्ताको पिल्लर नै अन्याँसै उख्ली सक्यो । ओली सत्ता र सिंगो उसको एमाले पार्टीलाई काउण्टर गर्न, मेयर बालेन एक्लै इन्फ् काफी देखिए । जसले ओलीसत्ताले निर्माण गरेको शासकीय रवाफमा हिट्लर, इदि अमिन, मुसोलिनी र गद्वाफी जस्तै प्रवृत्ति देखाउँने अंहकारी तानाशाह बन्ने सत्ताराजबाटै सदाको लागि लखेट्न आखिर त्यहीँ ¥याप ब्याट्ल प्रयोग गरे । र ओली सत्ताराजको अन्त्य गर्नलाई सही निशाना बाजी मारे । विहाइण्ड द सिनमा मात्र देखिने बालेनले कुट्नीति रूपमा जेन्जी आन्दोलनलाई ब्याट्ल अस्त्रको रूपमा प्रयोग गरे । जसको ग्राइण्ड डिजाइनर फिलोसफर उनै हुन् भन्ने औंल्याइए । अन्तरिम सरकार निर्माण हुँदैं गर्दा, रेड् एण्ड ग्रीन सिग्नल कार्डको सिम्बोलिक रुप देखाउँने प्रमुख उनै बालेन हुन् भन्ने सर्वत्र औंल्याए । यथार्थ कति सत्य हो या होइन ? सो मानेमाचेन् बालेन् अझै र झन् दिनानु दिन एउटा् रहस्यमयी क्यारेक्टर पात्रको रूपमा दरिएका र देखिएका छन् ।

अपितुः उनले सोसल मिडिया मार्फत आफ्नो निजी सार्वभौम सत्ताको कित्ता माथि साम्राज्य फैलाउँन लगाए र ओलीराजको डढेंल्नामा बसेर टाउकोमा हान्न/ठोक्न लगाइयो बस्, अनि ठेगानमा रहन, बस्न लगाए । फलतः ओलीराजले आफ्नो हैसियतलाई विर्सेर एउटा मेयर बालेनसँग दोहोरो प्रतिशोधी जुहारी ¥याप ब्याटल खेल्न शासकीय धांकको रवाफ देखाउँन पुग्दा, ब्याड्लक् सर्वोस्व गुमाउँनु पर्यो, कठै..! अहिले हिजोको दिन उनै ओलीराजको ओठे भक्तिको स्तुत्यभजन गाउँने उनै युवापुस्ताहरुले अहिले मुर्दावाद र केपी. चोर, देश छोड भन्ने आम युवापुस्ताले नाराहरु उराल्थे । कुनै दिन बंगलादेश की प्रधानमन्त्री ’शेख हसिना वाजेद जस्तो देशबाट लखेटिनु पर्ने दिनहरु पनि आउँने छन् भन्ने आक्रोश उस्तै थियो । त्यो दिन नभन्दै आयो र ओलीराजले सेम् हसिना कै नियती भोग्नु पर्यो ।

सेनाको शरणमा लम्पट् हुनपुग्दा, उनको त्यो समवेदनाहिन यान्त्रिक जस्तो बनेको क्षण कस्तो रहयो होला ? सिर्फ सत्ताभोगले विग्रेको साम्यवादी मथिङ्गल प्राय कम्युनिष्टहरुको यस्तै हुन्छ सायद । फिरः ओलीकै भर्सनमा भन्नुपर्दा, पाँच मिनेट मात्र ढिलो भएको भए, ज्यानको पराँन जान सक्थ्यो भन्ने गुण्डु नगरमा बसाइँ सरेसीको दुखान्त तितो बेलिविस्तार प्रकट गरेथे । धन्न सेनाले उद्वार गरेछन् र शरणमा लिएछन् । कसो खानदानी शासकीय ज्यानलाई बचाउ गरिदिए छन्, लैलै..! अत एवः जेन्जी आन्दोलनमा उनैले बलि चढाएको विद्यार्थी नानीबाबुहरुको जस्तै, हविगतमा यिनको पनि बलि चढ्दै नै थियो । धन्न सेनाले पुनः जन्म दिए । तैपनि किस्तामा बाँचेको एउटा शासकको कायाचोलामा उस्तै नै त्यो चुरीफुरी र क्षुद्र अहंकारी मानसिकताको धङधङी यद्यपी छँदैंछ, छि..!

ओलीको समर लभ यु बाट आइ हेड् यु तिर

स्मरणमा टिप्पणी गरिनुपर्दा, ओलीराजले देशको अर्थतन्त्रलाई मटेङग्राकै रूपमा प्रयोग गरे । देशको ढुकुटीमा मनपरी मोजमस्तीको रत्यौली खेले र ढुकुटी रित्याई दिए । फिरः देश चलाउनलाई अन्तर्राष्ट्रिय जगतमा अनुदान सहयोगको हात फैलाई रहे र वैदेशिक सापटी ऋणको याचना माग गर्नलाई कति नि शरम लज्जाबोध नमानीकन निर्लज्ज भिक्षा माग्नुलाई उनले शासकीय अर्थमन्त्रोचरणको फिलोसफी नै हो भन्ठाने । जो उनी विपक्षी संसदीय दले पार्टी, शुभेच्छुक आलोचक र आम नेपाली जनतामाँझ हाक्काहाकी रूपमा देशको अर्थतन्त्र बलियो हुँदै गएको अनि आफुचेन् शक्तिशाली प्रधानमन्त्री भएको बहादुरिताको सामथ्र्यवान देखाउँन खोजे । बजारमा सेयर होल्डर कार्पोरेट् माफियाहरुको नेप्से सूचाङ्कले दैनिकी उकालो काटेको ग्रीन सिग्नल ठहयाईएसी, उनी वहीँ असनको साँढेगोरु झैं डुक्राउँथे र आत्मारतिमा रमाउँदै भन्थे, मैले देश चलाउने जिम्मा पाउँन साथ देशको अर्थतन्त्रले त्यसै उकालो उक्लिने गर्छ भन्ने कबुलको साथ सधैं त्यसरीनै आफ्नो शासन सत्ताको आयु लम्बेत्तान गराउँदै–चलाउँदै आइरा हो ।

अन्तः त्यसपछि गज्जवको स्तुत्य स्लोगान उराले समृद्ध नेपाल, सुखी नेपाली, गाउँ–गाउँमा शहकारी, घर–घरमा भकारी भन्ने जारी उर्दी नाराले भकारी भरे की व्रहमलुट गरे भन्ने ? जो सबैलाई जगजाहेर नै छ । उनले माक्सको दिग्दर्शन झै आफ्नो दले पार्टी र सरकारको मेनुफेस्टोको रूपमा दर्ज गर्न लगाए । अनि सस्तो लोकप्रियताको बजार भाउमा बिज्ञापनको ढोल पिट्न लगाइयो र अर्थ बजारलाई आफ्नो सत्ता नियन्त्रणमा कज्याइयो । जसको कारण खुलेआम नीतिगत प्रायोजनमा देशको ढुकुटी लुटियो र भर्जिन् स्लोगानको रटानमा देश र जनतालाई टन्नै आर्थिक ब्ययभारको ऋण बोकाइयो । अन्त भनियो की, समृद्ध नेपाल, सुखी नेपाली भनेको नै यहीँ हो भन्दै, आम नेपाली प्रत्येकजनको थाप्लोमा कम्तीमा ९३ हजार रुपैयाँ ऋणभारको सप्राइज थमाई दिए ।

फेरि जंगे उर्दीमा भने, शून्य सहसिलतामा भ्रष्टाचार मुक्त देश । भ्रष्टाचार म नि गर्दिन, गर्नेको मुखसम्म हेर्दिन भन्ने आदेश तोक् लगाई दिए । अनि ओली सरकारको जयजयकार गाउँन र जिन्दावादको नाराहरु उराल्न, सडकमा उनको आलाप गायिदिन, आफ्नो अन्धो झोले अनुयायीहरुलाई उर्दीजारी गर्छन् र भन्न लगाउँदै भन्छन्, We Love केपी.बाः । Love You केपी. बाः। परन्तुः समय बदलाभावले ओलीप्रतिको ओठे भक्तिप्रेमको त्यो श्रद्वानु उदघोष नारा, चीरायु कालसम्म स्वस्थ बनेर बाँचिरहन सकेन । समयले आफ्नो पाप कर्मको घडा भरिएसी, अहिले त्यसको ठीक विपरित घृणामा परिणत भो र उल्टाई दिए । अनि उर्लियो जनसागर र कुर्लियो बोली, आई हेड् यु, केपी. चोर, देश छोड् भन्ने नाराहरु उनको अनुहार देख्ना साथ सडकका गल्ली, चौकहरु हुँदै, औपचारिक कार्यक्रमहरुमा होस् या रंगशालाहरुमा होस्, बाः जताततै यहीँं आक्रोशको नाराहरु आम–युवापुस्ताले (एकाध समर्थकहरु बाहेक) उराल्ने गर्छन् ।

जबज की जबरा ? चुत्थो रुखो बोली

सत्ताराजमा ओलीको शब्दावली भाषा यति रुखो र चुत्थो हो की, त्यसले न राष्ट्र न समाज जोड्न सक्छ र सक्यो । त्यो भाषाले खाली देश र समाज भाँड्न अनि चिढ्याउँन मात्र मलजल गरिरहयो । सित्तोक्ना ब्यहोरा हुनुले र क्षुद्र बोलीको कारण उनी विपक्षी आलोचकहरुको आस्था माँझ सदा इरिटेड् बनी रहे । उनका एन्टी विपक्षी आलोचकहरु त उसै नि इरिटेड् छँदैछन् तर उनकै पार्टी सम्बद्ध कयैंन कार्यकर्ता र शुभेच्छुक मतदाताहरु पनि उस्तै इरिटेड् जस्तै मान्छन् । पछिल्लोपटक आफ्नै चुनावी क्षेत्र झापा–५ मा बालेन लक्षित मधेसको गुईँठा बारे फोहोरको रूपमा सिम्बोलिक सेन्समा बोलेपछि अहिले त्यहीँ छुद्र बोलीको धारले उनी आफै रेटिन्दै छन् । आफ्नो क्षेत्रमा आफ्नै मतदाताहरु पनि अधिक रूपमा गुईँटा प्रयोग (बाल्ने) गर्ने, आदिवासी जनजाति समुदाय पनि काफी छन् भन्ने हेक्का राखेनन् । र प्याच्च थुतुनो जोत्न पुग्दा, त्यसको चर्को मूल्य पर्न गयो । अहिले त्यसैको सिम्बोलिक त्यहाँका स्थानीय गुईँटा प्रयोग गर्ने तिनै समुदायले चुनावी अभियानमा अभ्यस्त उनै बालेन की संगिनी …काफ्लेलाई, त्यहीँ गुईँठा हातमा थमाई दिएर भव्य स्वागत गरेको परिदृश्यहरु काफी देख्न सकिन्छ । जुन दृश्य ओलीको हकमा गतिलो झापट पाएको हो र उसले जनमत गुमाएको दृष्टान्त नमूनाको झलक पनि हो ।

अतः यिनले प्रयोग गर्ने उखान टुक्काको शब्दबाणले आलोचकहरुको मथिङगल घुमाइदिने गर्छ । उखान टुक्का जोड्न मात्र खप्पिस तर अरु त सबै खुत्त्याइस् र नापिस् भनेजस्तै भएकोछ । सोही कारण यिनलाई उखाने, गु–खाने को विशेषण ट्याग नि झुण्ड्याई दिए । यसकारण की यिनले देशलाई भ्रष्टाचार मुक्त होइनन, कमिशन घुसखोरी युक्तचाहीँ बनाएरै देखाई दिए । देशलाई झन्–झन् भ्रष्टाचार, ऋणको दलदलको भङगालोमा र युवापुस्ता बेरोजगारको फरेष्टेसनले क्लान्त÷गल्दै गए । त्यहीँ उदास र एकाङ्किपनले आक्रोशको प्रतिशोध जन्मन पुग्यो । त्यसले जेन्जीलाई आन्दोलन मार्फत जनविद्रोह गराउँन उक्सावट गर्यो, एट्मबम् बनेर सडकमा निस्किए । खाली नानाभाती अमर्यादीत असहिष्णु बोल्ने शैलीको कारण आम–नेपालीजन उनीप्रति हदै चिढिएका थिए । जेन्जी जनविद्रोहले उनको आफ्नो जिउज्यानलाई बचाउँन जसोतसो घिसार्न सफल भए ।

धन्न नेपाली सेनाले बचाई दिए । त्यहीँ क्रेडितमा बाँचेको बबुरो चोला, अहिले फेरि झन् चुत्थो बोलिमा निर्वासित गुन्डु इलाकामा निस्किए । फिरः यिनको त्यहीँ दम्भित रुखो चुत्थो ओठे भाषणलाई उनको अन्धे भक्तलाई जंगे वाणीको रूपमा ग्रहण गराउँने गर्छन् । र यहीँ चुत्थो बोलीलाई मास मिडियाहरु मार्फत उनले आफ्नो झोले साइवर स्यालहरुलाई हुइयाँ लगाउँन उर्दी जारी गर्थे÷गर्छन् । ओली तिनै हुन् जो नेकपा एमालेको जबज. (जनताको बहुदलीय जनवाद) लाई आफू पार्टीको नेतृत्व/अध्यक्ष र देशको शासक प्रमुख हुनुले जसलाई सत्ताराजको जवरा.(जंगबहादुर राणा) शैलीमा रुपान्तरित दर्ज गरी बदली दिए ।

दुर्भाग्य यिनलाई जबरासँग तुलना र दाँज्न खोज्नु नि जवराको अपमान गर्नुजस्तै हो । यिनले जबराको हुकुमी शैलीको आदेश मात्र सिको गरे र अहंकारी क्रुर शासक बने विडम्बना जबरा जस्तो देशको निष्कलंक रुपले गरिमा बढाउँन र राख्न एकरत्ति चाहेनन् । तथापी जो आफुलाई सदा बादशाहको रूपमा जबरा भए जसरी ठान्ने गरे । कठै, उनी त्यहीँ फगत् एउटा दिंगभ्रमितमा बाँची रहे र त्यसैको विस्कुन फिजाएर राजकाज चलाई रहेका मासएण्टी फोविया/मेन्टली ग्रस्त रोगी जस्तै बने । उनले दले कम्युनिष्ट नामधारी पार्टीको नेतृत्व कब्जामा लिए र आफूलाई साम्यवादी दिग्दर्शनको ठीक ओपोजिट, उल्टो सामन्तवादी राजको निरङ्कुशतामा बदली दिए । परन्तुः मैं हुँ त्यो राज्य र शासक भन्ने ओलीको दादागिरी शैलीलाई जेन्जी आन्दोलनले क्षणभरमै धुलिसात बनाई दियो । अर्थात जसको हकमा सत्ता र राजनीति सदाको लागि घर न घाटको अवस्थामा पु¥याई दियो । डेट्स्पायर आफ्नो कायाचोलाको आयुलाई सत्ताभोगको बशमा ट्रिट्मेन्ट् स्वरुप दीर्घायू औं चिरायु हुने ठाने ।

अनि कुनैपनि क्षण अस्पतालमा भेण्टिलेटरको आड भरोषामा बाँच्न विवश मुढाजस्तो निरिहय एउटा शिथिल चोलालाई त्यहीँ सत्ता भोगको आड्मा शासक हुनुको ट्यागको उर्दीजंगमा तानाशाह प्रवृत्ति देखाउन खोजे । जसको चाहीँ आफ्नै कायाचोला लरखराउँदै धरमर–धरमर हुँदै गएको देख्न सकिन्छ । जो अहंकारको रागले क्लान्त देखिन्छन् । तैपनि सत्तालाई कमर्शियल जिगोलो बोर्डको रूपमा उभ्याई दिन चाहे । यसले उमेर र दीर्घ रोगलाई हदबन्दीको रूपमा ब्यवधान देख्दैन/ठान्दैंनन् । भनिन्छ, सत्ता र यौनेच्छा उस्तै हो । मतलब शासक हुनु र स्त्री भोग्नु उस्तै हो भन्नुको अर्थनुभावमा, जीवन ज्युँनुको छुट्टै मज्जा औं आनन्द लुट्न पाउँनु हो । त्योसँग स्वर्गीय आनन्दभूतिको रश्वादानमा तृप्ति प्राप्तीमा लीन हुन पाउँनुको खोजी गरिरहनु पनि हो । जुन यो ओलीको हकमा दरिद्र मानसिकताबाट वीजाङ्कुरण भएको अतृप्ति तृष्णा न थियो । अध्यात्ममा समाधीज्ञान मार्फत मोक्ष प्राप्ति गर्न नसक्ने कोही नि मनुवाहरुले तृष्णालाई मार्न सक्दैनन् भनिन्छ । ओली तिनै अघोरी शासके नेता हुन् जो सत्ताको मृगतृष्णाबाट एकरत्ति परभाग्न सकेको देखिएनन् ।

सर्वहारा नेता की ? सर्वोस्वमारा हत्यारा ?

जनप्रिय गीतकार श्याम तमौटको गीतको भावभंगी जस्तो, कोहीको घरमा डाक्टरको चाकरी, कोही त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा । भनेजस्तो यो सुदुर दृष्टान्त हामीहरुको देशको ऐनामा यद्यपी अहिलेपनि उस्तै दुखान्त पीडाहरु भोग्ने नेपालीजनको अनुहारहरु कति देखिन्छन÷देखिन्छन् के । यो यथार्थ तितोसत्य हो र यद्यपी छँदैंछ । अन्तः यहीँ असमान ब्यबहार र विभेद विरुद्धको जेहाद छेड्नु थियो र नेतातन्त्रलाई नैतिक पाठको शिक्षा अनि भौतिक रूपमा छ्ड्, चक् र डस्टर सहित ब्ल्याकबोड्मा वास्तविक स्कूलिङ गराउँनु थियो । जुन स्कूलिङ यो जेन्जी विद्रोहले गरेर देखाइ दिए । अन्तः कांग्रेसी, माओवादी शासकहरुले त स्कूलिङ मार्फत चेत खुल्ने आत्मासमिक्षा र परिक्षा लिए, दिए जस्तो । अब सच्चिन्छन् की सच्चिनन् त्यसको अग्नि परिक्षा शुरु भइसकेको छ । कांग्रेसमा अहिले गगन थापा पार्टी सभापति बनेसी, चुनावी अभियानमा बार बार उनी आत्मालोचना सहित जनमत बटुल्ने प्रयासमा जुटेको देख्न सकिन्छ ।

विडम्बना अफसोंच यी रक्तपिपासु अघोरी ओली कु–बाः र उनकै अन्धो चेलो रेपिष्ट महेश बस्नेतमा शासकीय रवाफको आडम्बरी धङधङी भने अझै उस्तै नै देखिन्दो छ । यी द्व्यको चेत् खुलाउँन कांग्रेस सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आर्जु राणा (दम्पत्ती) लाई झैं जेन्जी आन्दोलनले पूरापुर हार्दिकता नबाँड्नुको उपलब्धिहरु साटिरहेको आभाषमा देखिन्छन् । जेनजी आन्दोलनबाट बाँचेसी, अहिले गुण्डुमा उनीहरुको रत्यौली प्रहशन र त्यहीँ चुत्थो बोलीहरु फेरि प्यार–प्यार कर्कस स्वरहरुमा सुनिन, देखिन थालेका छन् ।

जसलाई आत्माग्लानी, पछुतो र अपराबोध भएको एहेशाससम्म छैन । जसले ७६ जना अवोध विद्यार्थी नानीबाबुहरुको ज्यान लियो र क्रुर शासक हुनुको रगतको होली खेल्यो । भनेसी निः सन्तान नपुंसक बाउको शासकीय नेता हुनुको फाइदा र मज्जा भनेको एउटा् क्रुर तानाशाही शासक बन्नु पनि र छ । जो यी कम्युनिष्टधारी तानाशाही सामन्ती बाः ले प्रमाणित गरी सर्वाङगै देखाइ दिए र अन्तः संसारलाई शासक हुनुको बहादुरिताको चमत्कार प्रहशन गरे । अनि जो धन्य बने । अहिले त्यसको प्रतिफल गजबले भोग्दैछन् । ’जैसे करनी, उइसे भरनी हिन्दी कहावतले भन्ने गर्छ ।

ह्याविवेट प्रतिस्पर्धीबीच चुनावमय माहोल

बालेनसँग सामाजिक सञ्जालमा ब्याटल खेलेका ओलीले आफुसँगै चुनावै लड्न आउँलान् भन्ने सपना देख्न त के कल्पनासम्म गरेका थिएनन् । शतप्रतिशत सुरक्षित ठानेको आफ्नो चुनावी क्षेत्रको आधार इलाकामा मात्र राजधानीमा मेयर बनेका उनै बालेनले काउण्टर एटेक् गरेसी अहिले ओलीको निंद हराम भएकोछ । आफ्नो लाल किल्लाको रूपमा चुनावी विरासत ठानेको राजगढको पिल्लर हल्लिन पुगेकोछ । प्रत्यक्ष १६५ नि. धरातलको स्टोरी भने धेरै भिन्न र अपत्यारिलो बन्न पुगेको देखिन्छ । ओलीको हकमा सामान्य नाथे मेयर भनेर होच्याएर औंल्याउँनु पनि त्यति सहजै भने रत्ति छैन । किनकी बालेन कुनै दल÷संगठन, पार्टी न कुनै संघ संस्थाको आड बिनै स्वतन्त्र रूपमा निर्वाचित बनेका मेयर हुन् । त्यो मानेमा त ओली भन्दा उनी ज्यादै पपुलर शक्तिशाली ठानिन्छन् । अन्तः ओली त्यहीँ काठमाडौं मै बालेन जस्तै स्वतन्त्र निर्वाचन लड्ने भए एकरत्ति नि जित्न सक्दैन थिए । बालेनको पृष्ठभूमि भनेको मात्र उनी ¥यापर सिंगर हुन ।

उनको त्यहीँ ब्यागराउँण्डले काठमाडौको मेयर बनाई दियो । तर त्यहीँ ओलीको राजनीति ब्यागराउँण्ड त कथी नसक्नु छँदैंछ । अन्तः भन्नुपर्दा ह्याविवेट उम्मेदवार ओलीको विरुद्ध सानो फुच्चे ह्याविवेट उम्मेदवार बालेन रे भन्नुको मज्जा र सुन्नुको आनन्दै बेग्लै भएकोछ । चुनावी परिणाम आफ्नो पोल्टा परे, भोलिको घोषित देशको दाबेदार प्रधानमन्त्री हुन् । ओली त उसै नि आफ्नो प्रधानमन्त्रीत्व बन्ने समयकालको प्लस् पोइन्ट गर्ने आकाङक्षी दले शासक छँदै ंछन् । राजनीति दाउ दुवैको पेचिलो र रस्साकस्सी मै देखिन्दोंछ । बालेन, आफ्नो सुरक्षित निर्वाचन क्षेत्रलाई छोडेर ओली कै गृह क्षेत्रमा चुनावी युद्ध लड्न आएको हो । ओलीलाई भने उस्तै आफ्नो राजनीति प्रतिष्ठा र पार्टी विरासत बचाउको सकस पनि त्यतिकै आइलागेको अवस्था छ । उनी हारे उसको राजनीति कायाचोला सदाको लागि अवसान हुनेछ, भने एमाले पार्टीको अस्तित्व पूर्ण त धराशयी अवस्थामा गुज्रन पुग्नेछ । उसो त गत महाधिवेशनले (११–१४ मंसिर) पुनः उनैलाई नेतृत्व सुम्पिएपछि नै एमाले.पार्टीको राजनीति यात्रा ओरालो लागेको हो । जसको चुनावी माहोल त कुहिरो भित्रको कागजस्तै बन्न पुगेको छ, कठै..!

अतः यो निर्वाचन ओली भर्सेज बालेन मात्र ह्याविवेट उम्मेदवारी घोषणाको इतिहास कथनु खोजेको भनेको रत्ति होइन । यस अघिको निर्वाचन (२०४८) पनि कांग्रेसका तत्कालिन पार्टीका सभापति तथा अन्तरिम सरकारको प्रधानमन्त्री बनेका स्व. कृष्णप्रसाद भट्टराई र एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीबीच पनि (काठमाडौ क्षेत्र न.२) आमने–सामने लडेका थिए । त्यसताका भट्टराई पराजित बनेका थिए । तर, यो ओली र बालेनबीचको चुनावी युद्धचाहीँ पुस्तान्तरण ग्यापको पनि हो । उमेर हदको कसीमा मापन गर्दा नि ओलीको नाति पुस्तामा मात्र बालेन देखिन्छन् । त्यसको मतलब बालेनको उमेर भन्दा ओली दोब्बर माथि छन् । बुझ्दा र सुन्दै पनि नेपालीजनलाई लाजमर्दो लाग्छ । त्यहीँ मानेमा पनि यसपल्टको निर्वाचन ओली भर्सेज बालेनबीचको वाकयुद्वसँगै चुनावी युद्धपनि घमासान रूपले हुने भएसी, त्यसको छुट्टै रमाइलो औं आनन्द लुट्न पाइने भएकोछ । यी दुईको भिडन्तको कारण यो निर्वाचनले सकारात्मक सन्देश प्रवाह गर्यो र देशभर चुनावमय वातावरण बन्नमा थप सघाउ नि पु¥याई दिएको छ । हुन त यी दुइको महासंग्राम भिडन्तले अन्य निर्वाचन क्षेत्रहरुमा लड्दै गरेका ह्याविवेट नेताहरु अलिक ओझेलमा परेका हुन् ।

उसो त थप चर्चामा चितवनको क्षेत्र न.–२ र ३ पनि चासोको विषय बनेको छ । जहाँबाट साविक (क्षेत्र न.२) रास्वपा सभापति रवि लामिछाने पुनः लड्दै छन् । भने रास्वपाकै पूर्व संसद सोविता गौतम सोही सम्बद्ध क्षेत्र कै भरतपुर महानगरपालिका कि मेयर रेणु दाहालसँग भिड्दै छिन् । रेणु दुई पटक निर्वाचित मेयर हुन् । उनी प्रचण्डका छोरी पनि हुन् । यी दुवै नेतृहरु जनता माँझ तत्–क्षेत्रहरुमा लोकप्रिय छन् । यता सर्लाहीको क्षेत्र न.४ पनि उस्तै चर्चा चुलिँदो छ । जहाँबाट कांग्रेस युवापुस्ताका ढुकढुकी बनेका वर्तमान पार्टी सभापति गगन थापा र अमरेश सिंहसँग भिडन्त हुने भएकोछ । अमरेश यस अघि स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित संसद हुन् । यसपल्ट रास्वपा टिकटबाट लड्दै छन् । गगन भने आफ्नो साविक काठमाडौ क्षेत्र छोडेर मधेस झरेका हुन् । उनी पनि पार्टीको घोषित प्रधानमन्त्री हुन् । यदी पार्टीबाट गलहत्याइएका पूर्व पार्टी सभापति देउवा पक्षधरले आत्माघाति गोल गरिदिए भने, गगनको जित्ने कुनै चान्सनै छैन् ।

तर साथ सपोर्ट गरे जित्ने सम्भावना बाँच्न सक्छ । रास्वपाको गुडवील माहोलबीच हेरौं चुनावी बाजी कस्ले मार्लान ? अर्का भगौडा नेता प्रचण्ड हुन् । जो आफ्नो निर्वाचन क्षेत्रलाई कहिल्यै अपनत्व बोध गर्दैनन् । अहिलेतक् कुनैपनि एउटै निर्वाचन क्षेत्रमा चुनाव लडेको इतिहास छैन् । यसपल्ट उनी आफ्नो पार्टी मुलघर (नेकपा.माओवादी केन्द्र) जलाएर अन्तै घर रोजेर रुकुमबाट चुनाव लड्दैछन् । उनी युद्धकालको आधार इलाका खोज्दै सुरक्षित जग्गा पुगेका हुन् । उनीसँग भिड्ने ह्याविवेट उम्मेद्वार नभएकोले ढुक्क देखिए नि तिनको मनमा रास्वपाले सातो जाने गरीको ढ्याङग्रो बजाई दिइसकेकोछ । जोखना उति राम्रो छैन । उनको मन–मष्तिष्कमा पहिरो जानुको उस्तै हैराँन छन् । यसपटक यिनी पनि चिप्लिए, राजनीति सत्ता दाउको ढोका सदाको लागि बन्द हुनेछ । फिरः अब आम नेपालीजनले यी रक्त पिपासु भ्रष्ट दले शासकहरुको अनुहार जबर्जस्त हेरि रहनुपर्ने बाध्यकमता हुनेछैन ।

झापाको मत सर्वेक्षण र परिणाम

बालेनलाई खोपीको देवता भनियो । जवाफदेहिता नभएको आरोप तेस्र्याइयो । मुडी÷सन्काहा पात्रको रूपमा औंल्याइयो । प्रश्नको सामना गर्न नसक्ने डरपोके भनियो । पछिल्लो पटक लुसिफरको ट्यागहले चर्चित छन् । यी सबै आरोप–प्रत्यारोपहरुबीच उनी समुन्द्र झैं शान्त रूपमा मौंन देखिएथे । जब रवीसँग रास्वपामा चुनावी हात मिलाए । अनि आफ्नो पुर्खौली विरासत बोकेको थातथलो मधेस झरे र मैथली भाषामा पहिलोपटक मुख खोले । त्यसले चुनावी उच्छाल बहाव ल्याइदियो । खोपी देवता कसरी पुजिन्थ्यो ? जुन देवता बाहिर निस्कन्दा झन् कसरी आस्था र श्रद्धा गरिन्दो रैछ ? भन्ने कुरो खोपीबाट बालेन बाहिर निस्कन्दा राजधानी छोडेपछि लोकले देख्न पुगे । उनी खोपीबाट निस्केपछिको परिदृश्यहरुले राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रहरु तिन्दाङ बनेका छन् ।

यता त्रिशंकु शासके दले नेताहरु र तिनका भजन मण्डलीहरुको मथिङगलनै हल्लिन पुगेको छ । बालेनको उपस्थितिले जुन जनलहरको क्रेज छ, त्यसले त चुनावी सर्गमीको सुनामी छाल नै ल्याई दिएको आभाष दिलाउँन खोजेको छ । जसले यसपटकको निर्वाचन नाइन्टिन् नाईन (९९%) प्रतिशत नै आम नेपालीजन परिवर्तनको पक्षमा उभिएको छ भन्ने सन्देश प्रवाह गरेको देखियो । सामाजिक सञ्जालमा होस् या कुनैपनि आम सञ्चारहरुमा होस्, चुनावी अभिमत खुलेआम परिवर्तनगामी सोंचमा अग्रगामी पहल कदमीबीच अघि बढी सकेको छ । बालेन जहाँ–जहाँ पुग्छन्, त्यहीँं नै जनलहरको बाक्लो क्रेज देखिन्दो छ । के युवा, के बालबालिका, के बृद्धा सबैले बालेनप्रति दर्शाएको असिम त्यो प्रेम, श्रद्धा औं आस्थाले देशको लागि एउटा संवाहक बोकेको प्रमुख आड भरोषाको प्रतिकात्मक विम्बका रूपमा देख्न थालेको बुझ्नलाई कुनै गार्हो भएन । यसले पुरानो परम्परावादी दले पार्टीहरुप्रति रुष्ट र ठाडै इग्नोर गरेको हो भन्ने बुझ्दा राम्रो होला सायद ।

भन्नुपर्दा, ओली देखिन् वाक्क–दिक्क उसको क्षेत्र न.–५ मात्र होइन के आम नेपालीजन नै इरिटेड् बनेका हुन् । तीन दशक लामो समयकालसम्म यिनको थोपडा हेर्दा–हेर्दा आम नागरिकजनलाई मनोसटोनस् भइसके । यिनको थोपडासँगै देउवा र प्रचण्डको पनि नआउँने भन्ने विषय नै रहेन । त्यसमा देउवाको राजनीति र उनी उसै नि आर्यघाटमा मुर्दा भएसरी नै पुगिसक्यो । बाँकी यिनै ओली र प्रचण्ड भने, यसपटक अन्तिम चुनावी परिक्षणकालमा उभिएका छन् । जसै उनीहरुको राजनीति कायाचोला यसपटकको निर्वाचनले सदाको लागि बढार्ने पक्का–पक्की नै भएजस्तै माहोल क्रेट् बन्दै गएकोछ । अब त्यो आम नागरिकजनको सर्वोच्च अभिमतको अन्तिम फैसला सुन्न र परिणाम कुर्नलाई बीस–बाइस् दिन मात्र न बाँकी रहयो ।

अतः चुनावी परिणामले युगान्तकारी परिवर्तनको पक्षमा सम्बोधन गरे/भए, देश चलाउँने बागडोर पुनः अर्को नयाँ पुस्ताको काँधमा सर्कुलर हुनेछ र नयाँ युगको चरणमा प्रवेश गरेको अनुभूत हुनसक्नेछ भन्नुपर्ला । फिरः मत परिणाम साविक उल्टो दोहोरिए देशको ऐंनामा जनताको अनुहार सदाको लागि देखिने छैन । दुर्भाग्यता, फेरि वहीँ कालो दिन र रातहरु जनता माँझ टचर र मानसिक यातनाहरु दिन अनि तर्साउँन सधैं आइरहनेछन् भन्ने नि बुझौं । परन्तुः चुनावी माहोलले त्यो सिग्नल भने देखाउँन सकेकै छैन् । झापाबासीले यसपटक ओलीको एकछत्र अधिपत्य रजगजको लालकिल्ला तोड्न सक्ने बलियो सम्भावना देखिएकोछ । उनी निरङकुश र तानाशाही पात्रको रूपमा देखिएसी, झापाली मात्र होइन, सिंगो आम नेपाली (एकाध बाहेक) नै उनीप्रति क्रुद्व बनेका छन् ।

यी ओली जातिवादीधारका नेता हुन् । यिनी बाहुनवादी जातिवादीका पृष्ठपोषक हुन् । यिनलाई आदिवासी जनजाति विशेषः ट्याग लागेको÷बोकेको सांस्कृतिक पहिचानी नामधारीहरु केही पनि मन पर्दैनन् । न लिम्बुवान, न की किरात नै मनपर्छ । न आदिवासी जनजातिको कल्चर, न त जाति÷थर नै ठीक् लाग्छन् । उनलाई न आदिवासी रंगशाला न की फाल्गुनन्द सभागृह नै ओके हुन्छ । न त्यो फाल्गुनन्द मार्ग (दमक चिसोपानी पञ्चमी सडक) नै सही देख्छन् । न त मुक्कुमलुङ न की खुवालुङ देवस्थलको सम्मान र आस्था घोप्ट्याउँनलाई खाँचो लाग्या छ । उनी त सिर्फ भत्काउँन र विगार्न अनि जातीय असहिष्णु देखाउँन मात्र पोख्त र माहिर छन् ।

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको फागुन(२०८२)अंकमा प्रकाशित लेख हो)

 

सम्बन्धित खवर