दिनेशको निर्देशनमा सीता र भिमको ‘परदेश जाने’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असोज १७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा सीता र भिमको ‘परदेश जाने’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सीता आङदेम्बे र गायक भिम सेर्मा लिम्बूको आवाजमा रहेको गित ‘परदेश जाने’ सार्वजनिक गरिएको छ ।

‘सिवा खोला शिरफुल शिरैमा’, ‘कहिले काहीँ तिमीलाई’ र ‘बर्षौ पछि’ जस्ता लोकप्रिय गितहरुमा आवाज दिई सकेकी गायिका सीताको यो अर्को ह्दयविदारक गित ‘परदेश जाने’ को म्युजिक भिडियो आफ्नै युट्यूव च्यानल सीता आङदेम्बेबाट सार्वजनिक गरिएको हो ।

परदेशीएका लाखौं युवाहरु प्रति समर्पित ह्दयविदारक गितमा माया आङदेम्बेको शव्द तथा संगीत रहेको छ ।

दिनेश माङमुको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन, सुमन साम्पाङको सहायक छायांकन, कृष्ण सुबेदीको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।

गरीबी मेटाउन भनि धन कमाउने सपना बोकेर परदेशीएका श्रीमानको फर्कने बाटो कुर्दा कुर्दै रोगले थलिएर श्रीमान फर्कन्दा सम्म साना छोरीहरुलाई टुहुरो बनाएर संसारबाटै बिदा भएकी श्रीमतीको ह्दयविदारक कथा प्रस्तुत गरिएको भिडियोमा मान हाङ लावत र गीता माबोहाङ ‘नास्पातेनी’ले अभिनय गरेका छन् । बाल कलाकारमा निङवा योङहाङ र राहा राईले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितको रकर्डिङ किङग् स्टुडियोमा सुरेश राईले गरेका हुन् । माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको भिडियोमा एमके सुब्बा प्रडक्शन मेनेजर रहेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर