एजेन्सी । स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको ‘प्लेयर अफ दि मन्थ’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीेले जितेकोे छ ।
शुक्रबार मेस्सीलाई ला लिगाले उत्कृष्ट खेलाडी घोषना गर्दै ‘प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको हो ।
३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । यसैगरि मेस्सी ला लिगामा १९ गोल सहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।