काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ७ हजार ३ सय १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा १ सय ४५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर १९ हजार ५ सय ३९ आरटी पिसिआर र ३ सय ४४ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १ हजार ८ सय ८१, ललितपुरमा ४ सय १६ र भक्तपुरमा २ सय ९२ जना गरी उपत्यकामा २ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् ।
आइतबार देशभर ६ हजार ६ सय ४६ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् भने १ लाख १० हजार १ सय ६३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।