- आन्छुमे नसान
माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा चर्चित गायक राजेश पायल राई र गायीका सम्पदा राईको आवाजमा सजिएको प्रेमिल गीत ‘दूई दिनको जीन्दागानी’ सार्वजनिक गरिएको छ ।
गीतकार बिरेन लिम्बूको शव्दभावहरुमा संगीतकार निश्चल प्रेम राईको संगीतमा सजिएको गीत ‘दूई दिनको जीन्दागानी’ इसाक जवेगु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
इसाक जवेगुको छायाँकन तथा सम्पादन र धिरेन तुम्बापोको सहायक छायाँकन रहेको भिडियोमा अनिश मगर र नितु मादेन लिम्बूले अभिनय गरेका छन् ।
देबेश राईको संगीत संयोजनमा कुशल थापाको रेकर्डिङ तथा साजन साहको मिक्सिङ मास्टरिङ रहेको भिडियोमा भेल्भेट र फामाहिम बुटिकको पहिरन तथा सन्जु थलङ र कुसाङ राईको मेकअप रहेको छ ।
भिडियो हेर्नुहोस…