काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले छ । यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
बुधबार देशभरबाट १ हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७ आरटी पिसिआर र २ हजार ८ सय ६३ एन्टिजेन गरी कुल १३ हजार ९ सय ३० जनामा परीक्षण गरिएकोमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २१ हजार १ सय ३९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १९ हजार ८ सय ५ जना होम आइसोलेसनमा, १ हजार ३ सय ३४ संस्थागत आइसोलेसनमा र २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३४ जना र भेन्टिलेटरमा १ सय १९ जना उपचाररत छन् ।