एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ ।
शनिबार चेल्सीको मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन ग्राबियल जिससले कान्सेलोको पासमा खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा उक्लिएको छ ।
चेल्सीको पनि ६ खेलमा १३ अंक रहेको छ । तेस्रो स्थानको चेल्सीको यो सिजनको पहिलो हार हो ।