- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय छायाँकन सँगै निर्देशनमा समेत चम्किरहेका छायाँकर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायाँकनमा चर्चित गायक दिपक लिम्बूको रोमान्टिक आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘सिमसिम झरीमा’ सार्वजनिक गरिएको छ ।
गीतकार कुमार पौड्याल शव्द तथा गायक तथा संगीतकार डम्बर नेपालीको संगीतमा सजिएको गीत ‘सिमसिम झरीमा’ गायक दिपक लिम्बूको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायक दिपक लिम्बू र बिमला खजुम लिम्बूको साथमा विवस राई र योभाहाङ राइृको दमदार अभिनय रहेको प्रेम र रोमान्सले भरिएको भिडियोमा कल्पना सुव्वाको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।
महाराज थापाको संगीत संयोजनमा स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्ड गरेको गीतलई साजन साहले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…