समाजवादी पार्टी प्रदेश १ समायोजन हुँदै - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजवादी पार्टी प्रदेश १ समायोजन हुँदै


२०७६/दमक, ६ कातिक
समाजवादी पार्टी प्रदेश नम्बर १ को पार्टी समायोजन कार्यक्रम कातिक ८ गते शुक्रबार धरानमा सम्पन्न हुने भएको छ ।
पूर्व पार्टीहरु सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालका प्रदेशस्तरीय समितिहरुलाई समायोजनमार्फत एक बनाउन लागिएको पूर्व सङ्घीय समाजवादी फोरम, नेपालका प्रदेश नम्बर १ समिति अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिएका छन् ।
धरानस्थित चुम्लुङ हिममा हुने पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष तथा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव, पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोककुमार राई, उपाध्यक्षहरु रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा लगायत शीर्ष तहका नेताहरु सहभागी हुने छन् ।
समायोजनबाट ससफो तर्फबाट ५७ जना र नयाँ शक्तितर्फबाट ४२ जना गरी ९९ सदस्यीय प्रदेश समिति निर्माण हुने पार्टी समायोजन कार्यदलका सदस्य रकम चेम्जोङले जानकारी दिएका छन् । ११ सदस्यीय पपार्टी प्रदेश कार्यकारिणी समिति (पदाधिकारी) रहनेमा पार्टी समायोनका लागि दुवै पूर्व पार्टी समितिका बीचमा ७ र ४ पदाधिकारी भागवण्डा गरिएको पार्टी स्रोतले जनाएको छ । जसमा पूर्व ससफोतर्फबाट अध्यक्ष, ४ उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहने छन् भने नयाँ शक्तितर्फबाट उपाध्यक्ष, मुख्य सचिव र २ सचिव रहने छन् ।

सम्बन्धित खवर