पवित्रहाङमा कप : इलामलाई हराउदैं धनकुटा सेमिफाइनमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : इलामलाई हराउदैं धनकुटा सेमिफाइनमा प्रवेश

माघ २८, माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा धनकुटा जिल्ला फुटबल संघ, धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शनिबार माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा भएको खेलमा जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलामलाई २–१ गोल अन्तरले हराउदैं धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसपछि खेलको पाँचौं मिनेटमा धनकुटाका सुजता चौधरीले गोल गर्दै खेल बराबरीमा फर्काइन् ।

खेलको इन्जुरी समयमा अन्जना थुलुङ राईले गोल गर्दै धनकुटालाई २–१ ले जित दिलाइन् । खेलको वुमन अफ दी म्याच धनकुटाकी बिर्सना चौधरी घोषित भईन् ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि देखि सेमिफाईनल खेल सुरु हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

भोलि आईबार हुने पहिलो सेमिफाइनल खेल नवदिप युवा क्लब मिक्लाजुङ मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ, ताप्लेजुङबिच खेल हुने सचिव राईले बताईन ।

प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर