बैशाक २४, माङसेबुङ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को शुभेच्छुक र बौद्धिक पेशाकर्मी महासंघको घटक संगठनको रूपमा क्रियाशील प्रेस मञ्च नेपालले सिङ्गो पार्टी एकताको पक्षमा आवाज उठाउन जसपाका आम पार्टी नेता, कार्यकर्ता र समर्थक, शुभचिन्तकहरूमा आह्वान गरेका छन् ।
पछिल्लो समय जसपा विभाजित भएको खवरहरु विभिन्न सञ्चार माध्यमहरुमा आइरहेको अवस्थामा सोमबार प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवानले प्रेस विज्ञप्ति जारी गर्दै फुटवादी चिन्तन त्यागेर पार्टी महाधिवेशनमा जुट्न र महाधिवेशनको थलोबाटै आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन जसपाका शीर्ष नेताहरुलाई आह्वान गरेका हुन् ।
‘जसपाको निर्धारित राजनीतिक कार्यक्रमलाई प्रभावित पर्ने, प्रेस मञ्च नेपालको सांगठनिक मनोबलमा समेत गम्भीर आघात पुर्याउने जस्ता गतिविधि पार्टीका जिम्मेवार नेताहरूबाट हुनु अत्यन्त खेदजनक छ’ प्रेस विज्ञप्तिमा भनिएको छ–‘एकताको महाधिवशेनका लागि जसपाको राजनीतिक मैदान तयार भइरहेको अवस्थामा पार्टीका अनेक विचारहरूलाई महाधिवेशनको थलोमा प्रष्फुटित हुन नदिने, विचारहरूको संश्लेषणबाट पार्टी र वैचारिकीलाई ठोस आकार ग्रहण गर्न नदिने मानसिकतालाई कदापि समर्थन गर्न सकिन्न ।’
‘प्रेस मञ्च नेपाल यतिबेला मातृ दल जसपा नेपालको आसन्न प्रथम एकताको महाधिवेशन (२०८१ जेठ २८–३०, जनकपुर) सफल पार्ने र त्यस भन्दा अगाडि नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनपछि जेठ २६ देशैभर हुन लागेको नेतृत्व चयनको निर्वाचन लक्षित रहेर आफ्नो गतिविधिमा केन्द्रित छ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति