माङसेबुङ/उम्दा गायिका सुमिला आङदेम्बे लिम्बुको आवाजमा सजिएको मर्मस्पर्शि किरात लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘आलुङमाइन केघान्दुआङ’ भिडियो सार्वजनिक गरिएको छ ।
किरात लिम्बू भाषामा ख्याती कमाएका गीतकार आन्छुमे नसानको शव्द सृजना रहेको गीतलाई लोकप्रिय गायक तथा संगीतकार लेखनाथ चेम्जोङले संगीत गरेका हुन् ।
गीतकार नसान र गायक तथा संगीतकार चेम्जोङले या भन्दा पहिले ‘लुङमाने हिप्सेरो’ जस्तो लोकप्रिय गीत दिइसकेका छन् ।
राजु कार्कीको संगीत संयोजन रहेको लिप्सिङ भिडियोलाई ज्ञानेन्द्र कोईरालाले छाँयाङकन तथा सम्पादन गरेका हुन् । भिडियो संगीत दर्पण नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस :-