कचनकवलमा पूर्व प्रहरी संगठनको सामुदायिक भवन शिलान्यास - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवलमा पूर्व प्रहरी संगठनको सामुदायिक भवन शिलान्यास


कचनकवल / झापाको कचनकवल ६, वनियानीमा नेपाल पूर्व प्रहरी संगठनको सामुदायिक भवन शिलान्यास गरिएको छ ।

संगठनका अध्यक्ष देउमान बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका १ न. प्रदेशका सांसद बसन्त कुमार बाँनियाले भवनको शिलन्यास गरेका हुन् ।

सांसद बाँनियाले भवन निर्माणको लागि आफ्नो निर्वाचन क्षेत्र विशेष कोषबाट पाँच लाख विनियोजन समेत गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सांसद बाँनिया संगै विशेष अतिथि प्रहरी उपरिक्षक कृष्ण कोइराला, कचनकवल गाउँपालिका अध्यक्ष अन्जारा आलम, संगठनका केन्द्रिय सदस्य इन्द्र ओली, प्रदेश अध्यक्ष बाबुराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कचनकवल गाउँपालिका नेकपा अध्यक्ष तिल ब. राई, इन्चार्ज तेजेन्द्र मैनाली, समाजसेवी नवराज भट्टराई, कचनकवल गाउँपालिका ६, का वडा अध्यक्ष कुल बहादुर कार्की लगायतको सहभागी रहेको थियो ।

सम्बन्धित खवर